संघियताको मर्म बिपरीत काम गर्ने इलामका प्रजिअ बिरुद्ध पालिका आन्दोलनकाे तयारी गर्दै

इलाम : इलामको रोङ गाउँपालिकाको कुट्टीडाँडामा अवस्थित बहिनी पाथीभराको हिसावकिताब पुरानो समितिले हिनामिना गरेको भन्दै छानविनको मागलाई लिएर बिबाद थप चर्किएकाे छ  ।  पालिकाले पटक पटक हिसाव बुझाउन पुरानो समितिलाई पत्रचार गरे पछि समितले गत १४ गते साधारण सभा गराई हिसाव बुझाउने भने पनि अन्तिम समयमा आएर समिति अध्यक्ष दाैलत राईले हिसाव बुझाउन नमाने पछि बिवाद शुरु भएको थियो ।
पुरानो समितिले १९ महिनाको हिसाब बुझाउन वाँकी छ भने पुरानो पाथीभरा संरक्षण संस्था २०७३ साल देखि नविकरण समेत नभएको पाईएको छ । संस्थाले आन्तरिक लेखा परीक्षण समेत नगराएको पाईए पछि अहिले गाउँपालिकाले लेखा परीक्षक नियुक्त गरेर लेखा परीक्षणको काम गरीरहेको छ ।

पुरानो समितले हिसाव नबुझाए पछि पालिकाले केहि दिन अघि जिल्ला प्रशासनलाई पत्र लेख्दै पाथीभराको सम्पती नियन्त्रणमा लिएर छानविन गर्न माग गरेको थियो । तर, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले छानविन गर्नुको सट्टा पुरानो समितिलाई बल पुग्ने गरी दुबै समितिलाई छलफलमा मात्र बोलाए पछि बिवाद चर्कीएको थियो । प्रजिअ पोखरेलले गाउँपालिकालाई पत्र लेखि छलफलमा बोलाए पछि पाथीभराको बिषय थप विवादित बनेको हाे ।

गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले स्थानीय सरकारलाई बेवास्ता गर्दै नविकरण समेत नभएको संस्था संग समान हैसियतमा बोलाए पत्र काट्ने अधिकार प्रजिअ संग नरहेको बताएका छन् । स्याङ्बोले म‌गलबार पत्रकारहरुसँगकाे कुराकानीमा उनले  ‘संघीयताको मर्म बिपरीत काम गर्ने प्रजिअ बिरुद्ध इलामका १० वटै पालिका आन्दोलीत बन्ने तयारी रहेकाे बताए  ।’उनले प्रजिअले तत्काल निर्णय नसच्याए प्रजिअलाई बहिस्कार गर्ने सम्माका आन्दोलन पालिकाहरुले गर्ने जानकारी दिए ।

पाथीभरालाई गाउँपालिकाको मातहतमा ल्याएर नयाँ समितिले काम गर्न थाले पछि १ सय दिनमा ७४ लाख बढी रकम आम्दानी भएको छ । उता पुरानो समितिले यस अघिको रकम करिव ४७ लाख मात्र समिति संग भएको जनाउदै आएको छ । त्यसमा पनि हाल १५ लाख रुपियाँ मात्र समितिको खातामा रहेको बुझिएको छ ।

पुरानो समितिले गरेका कामको लेखा परीक्षण गराउदा काटीएका रसिदमा केरमेट भएको, टिपेक्स लगाईएको, अंक फरक परेको पाईएको छ । नगद र जिन्सी दुबैमा घोटला भएको अनुमान गरिएको छ । गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार एकल अधिकार सूचीमा राखेर पाथीभरालाई गाउँपालिकाले आफनो अधिनमा ल्याएको जानकारी दिइन । ‘स्थानीय सरकारको अधिकार माथी प्रजिअले हस्तक्षेप गर्ने होईन, छाविनमा सहयोग गर्ने हो’उपाध्यक्ष खवासले भनि्न ।

थप जानकारीका लागि

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार