इलाम : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड इलाम शाखामा जीवन विमा गरेका एक विमितलाई घातक रोग (क्यानसर) लागेपछि २० हजार रुपैयाँ उपलब्ध गराएको छ ।
विमित इलाम बजारका मनोहर तामाङलाई शुक्रबार एक कार्यक्रम आयोजना गरी इन्स्योरेन्स कम्पनीले कर कट्टि गरी १९ लाख २७ हजार नौ सय ९६ को चेक हस्तान्तरण गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स इलाम शाखा प्रमुख नविन रायाको अध्यक्षता भएको कार्यक्रममा विमित तामाङलाई प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले चेक हस्तान्तरण गरे ।
विमितले चेक ग्रहण गर्दै आफूलाई उपचारमा सहयोग पुगेको प्रतिक्रिया दिए । प्रमुख जिल्ला अधिकारी पोख्रेलले जीवन विमा गर्दा विपतमा सहयोग पुग्ने, बचत हुने, नानीहरुको अध्ययको लागि महत्त्वपूर्ण भुमिका खेल्ने र एजेन्सीहरुलाई रोजगारीको अवसरका साथै राज्यलाई समेत ठूला राष्ट्रिय गौरवका योजना सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकोले जीवन विमा गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष विप्लव भट्टराई, होटल एसोसिएसन अध्यक्ष देवी पौडेल, जिल्ला बुद्धिचाल संघका सचिब विक्रम लिम्बु, एसवीआई बैंक इलाम शाखा प्रमुख मिलन श्रेष्ठ, नेको इन्स्योरेन्सका बजार ब्यबस्थापक मनकुमार तामाङ, सिद्धार्थ प्रीमियर इन्स्योरेन्सका शाखा प्रमुख प्रदिप दाहाल,सिम्रीक साकोस इलामका शाखा प्रमुख दिपेन भट्टराई, समाजसेवी अशोक प्रधान, फरक आयामका अभियान्ता बलिन्द्र योङ्हाङलगायतको उपस्तिथि थियो ।
कार्यक्रममा कम्पनीका इलाम प्रमुख रायाले कम्पनीको बारेमा जानकारी गराएको कार्यक्रमको संचालन प्रकाश परियारले गरेका थिए ।