संखुवासभाकी महिला अरोहिले पुर्‍याईन राष्ट्रपति पौडेलको तस्विर पहिलो पटक सगरमाथाको चुचुरोमा

  नयाँ बुलन्द
196 Shares

इलाम : राष्ट्रपति रामचन्द्र पौडेलको तस्विर पहिलो पटक सगरमाथाको चुचुरोमा पुर्‍याउने महिला आरोहि याङजी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिनु भएको छ ।

आज राष्ट्रपति भवन शितल निवासमा भएको कार्यक्रममा आफ्नो तस्विर बिश्वकै अग्लो चुचुरो सगरमाथामा पुर्‍याएर सप्राईज दिएको भन्दै उहाँले महिला अरोहिको साहस र आँटको प्रशंसा गर्नुभयो । उहाँले हिमाल अरोहणमा नेपाली महिलाहरुको भूमिका महत्वपूणर् रहेको भन्दै राष्ट्रको सम्मानको लागि आराहिहरुले खेलेको भूमीका महत्वपूणर् रहेको पनि बताउनुभयो ।

हिमाल अराोहि महिला याङजी शेर्पाले आफूले सप्राईज दिनकै लागि राष्ट्रपति पौडेलको फोटो थाहै नदिई चुचुरोमा पुर्‍याउन पाउँदा खुशी लागेको भन्दै राष्ट्रपति पौडेलको तस्विर हस्तान्तरण गर्नुभयो ।

संखुवासभा मकालु गाउँपालिकाकी याङजीले पौडेल राष्ट्रपति हुनु अगावै नयाँ राष्ट्रपतिको तस्विर सगरमाथाको चुचुरोमा पुर्‍याउने संकल्प लिनु भएको थियो । अन्य साना कुनै पनि चुचुरो नचढी आरोहिले एकै पटक सगरमाथाको सफल आरोहण गर्नुभएको हो । एकै पटक हिमाल अरोहण चुनौतिपूणर् भए पनि पायोनियर एड्भान्चर ट्रेक मार्फत आरोहण गर्नु भएकी शेर्पाले वातावरण प्रतिकुल र मौसम र हिम पहिरोको सामना गर्दे सफल आरोहण गरेर राष्ट्रपति पौडेलको तस्विर र नेपालको नयाँ नक्सा एकैपटक सगरमाथाको चुचुरोमा पुर्‍याउन पाउँदा गौरव लागेको बताउनुभयो ।

पायोनियर एडभान्चर ट्रेकका डाईरेक्टर तथा कीर्तिमानी आरोहि मिङ्मा दोर्ची शेर्पाले आफ्नो कम्पनीबा हिमाल अरोहण गर्ने महिलाहरुको संख्या उल्लेख्य रहेको र प्रतिकुल मौसमका कारण पनि हिमाल अरोहण गराएको बताउनुभयो ।

कार्यक्रममा संखुवासभाका सांसद दिपक खड्काले हिमाल आरोहणमा नेपाली महिलाको भूमिका महत्वपूणर् रहेको बताउनुभयो । उहाँले हिमाल आरोहणको क्षेत्र असुरक्षित भए पनि साहस र हिम्मतको सबैले कदर गर्नु पर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार