आइतबार ३ नं. वडाका शिक्षा र स्वास्थ्य संस्थासँग छलफल

  नयाँ बुलन्द
280 Shares

माङसेबुङ : इलामको माङसबुङ गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था बुझ्न र सुझाव लिन स्थलगत रुपमा सरोकारवालासँग सुरु गरेको छलफल आइतबार वडा नम्बर ३ का ५ विद्यालय र १ स्वास्थ्य संस्थामा गरेको छ ।

गाउँपालिका अध्यक्ष हेमन्त राईको नेतृत्वमा ‍उपाध्यक्ष विनोद नेम्बाङ, ३ नम्बर वडा अध्यक्ष जनम खम्बू र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडालगायतको टोलिले आदिपुर आधारभूत स्वास्थ केन्द्र एवम् दुर्गा माध्यामिक विद्यालय, दुर्गम आधारभूत विद्यालय, बालदिप  आधारभूत विद्यालय, जनकल्याण आधारभूत विद्यालय र जीबनज्योति माध्यामिक आधारभूत विद्यालयको अवलोकन, अनुगमन, सुपरिवेक्षण एवम् छलफल गरेका हुन् ।

अध्यक्ष राईले अनुगमनका क्रममा दिवा खाजाको अवस्था, खाजा बनाउने ठाउँ, त्यसको मितिबारे चासो राखेका छन् भने दैनिक तालिका बनाएर सन्तुलित रूपमा खाजा खुवाउन विद्यालयलाई निर्देशन दिईएका छन् ।

वडाका विद्यालय व्यवास्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक र अनुगमन टोलिबीच विद्यालयको अवस्था, विद्यार्थी संख्या, विद्यालयको भौतिक अवस्थाका साथै शैक्षिक गुणस्तरका बारेमा छलफल गरेका छन् । छलफलबाट प्राप्त सुझावलाई गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्ने गाउँपालिका अध्यक्ष राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार