चुलाचुलीमा चेस समिति गठन

  नयाँ बुलन्द
56 Shares

इलाम :  इलामको चुलाचुली गाउँपालिकामा बुद्दिचाल(चेस) संघ गठन भएको छ । चुलाचुली खेलकुद विकास समिति अध्यक्ष देवेन्द्र तुम्रोकको अध्यक्षता, गाउँपालिका प्रमुख राजेन्द्र केरुङको प्रमुख आतिथ्यता, इलाम जिल्ला बुद्दिचाल संघको अध्यक्ष प्रकाश परियारको विशेष आतिथ्यता साथै नेपाल रग्वि संघ इलाम अध्यक्ष विजु लिम्बु(गंगा) र बुद्दिचाल अग्रज खेलाडी डिल्ली खड्काको उपस्थितिमा आज सम्पन्न बुद्दिचाल(चेस) संघको चुलाचुली गाउँपालिका समिति राजेन्द्र सिगुको अध्यक्षता समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा दिपक कुमार पाण्डे, सचिवमा अनिल लावति, कोषाध्यक्षमा चन्द्र दंगाल सदस्यमाविशाल साम्बा र धर्मराज नेपाल रहेका छन् । यस्तै समितिले सल्लाहकारमा पालिका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिलु लावति र अग्रज बुद्दिचाल खेलाडी डिल्ली खड्कालाइ चञ गरेको छ । समितिले पालिकाको सबै विद्यालयमा खे विस्तार एवं प्रशिक्षण गर्ने, पालिका स्थारिय प्रतियोगिता संचालन गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार