नेपाल आदिवासी जनजाति महासघं इलामको अध्यक्षमा येक्तेन

  नयाँ बुलन्द  244 पटक हेरिएको

इलाम : नेपाल आदिवासी जनजाति महासघं इलामको अध्यक्षमा चक्र येक्तेन (अभिषेक) निर्वाचित भएका छन् ।

गएराती सम्पन्न महासंघको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष येक्तेन निर्वाचित भएका हुन् । येक्तेन सातौं जिल्ला अधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित भएका थिए ।

अधिवेशनबाट उपाध्यक्षत्रयमा नरबहादुर खवास, भक्त थामी र सावित्रा श्रेष्ठ निर्वाचित भएका छन । सचिवमा याम वाङ्देल, सहसचिवद्वयमा अर्जुन मगर र माङ्गा उराउ एवम् कोषाध्यक्षमा वालकुमारी देवान निर्वाचित भएका छन् ।

सदस्यहरुमा ङीमा दोर्जे शेर्पा, दिपक कुमाल, गंगा सुनुवार, दावा लाप्चा, छिकिन तामाङ, दिपक दनुवार, दिपक गुरुङ  र इन्द्रकुमारफ योल्मो निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार