वन संरक्षण र स्थानीय उपभोक्ताको माग सम्वोधन गर्न सरोकारवालाको ध्यानकर्षण

वन उपभोक्ता समूहको गुनासो

  नयाँ बुलन्द  299 पटक हेरिएको


इलाम : इलाम नगरपालिका वडा नं. ९ स्थित खहरेपुवाजुङ सामुदायिक वन उपभोक्ता समूहले स्थानीयवासीको माग सम्वोधन गर्न आग्रह गरेको छ । महिलाहरुको मात्र उपभोक्ता समिति रहेको यो वन क्षेत्रको बुदुनेटारमा नेपाली सेनाले फायरिङ अभ्याससमेत गर्ने गरेको छ । पछिल्लो समय नेपाली सेनाले मौखिकरुपमा बुदुनेटारको करिव १ सय रोपनी जमिनलाई भोगाधिकारकालागि माग गरे पनि उपभोक्ता राजी नभएको पूर्व उपमेयर समेत रहेकी स्थानीय शुसिला नेम्वाङले जानकारी दिइन् ।

२०५२ मा समुदायलाई हस्तान्तरण गरिएको यो वन क्षेत्रका उपभोक्ताहरुले सामूहिकरुपमा जिल्ला वन कार्यालयमा सेनाको उपस्थिती हटाउन निवदेन दिए पनि जिल्ला वन कार्यालयले निवेदन लिनसमेत अस्विकार गरेको उपभोक्ता समितिको भनाई छ । नेपाली सेनाले इलाम नगरपालिका १० को टप्पु क्षेत्रमा अभ्यास गर्दै आएकोमा त्यहाँ स्टेटियम निर्माण कार्य थालिएपछि ५ वर्षअघि नगरपालिकाले खहरेपुवाजुङ क्षेत्रमा अभ्यासको व्यवस्था मिलाएको थियो ।

सामुदायिक वनले कार्य योजना अनुसार ढलापढा रुख निकाल्न खोज्दा पनि वन कार्यालयमार्फत स्विकृति नपाएपछि अदालतसम्म पुगेको वन समूहकी अध्यक्ष मिनादेवी चौहानले वताइन् । समूहले इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै वन संरक्षण र स्थानीय उपभोक्ताको माग सम्वोधन गर्न सरोकारवालाको ध्यानकर्षण गराएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार