इलाम : इलाम कारागारमा भएको विकृति र विसंगति हटाएर सुधार केन्द्रको रुपमा विकास गरिएको छ । इलामका प्रमुख जिल्ला अधिकारीले कारागार सुधार मार्गचित्र २०८० अनुरुप काम अगाडी बढाउनुभएको छ । कारागार भित्र तास खेल्ने मदिरा सेवन गर्ने र दिउसै कैदि बन्दि फरार हुने जस्ता घटना बाहिरीएपछी इलाम कारागार भित्र थप सुधारको प्रयाश गरिएको हो ।
इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले मार्गचित्र अनुसार सोमबारदेखि कारागार भित्र सहकारी मोडलमा सहकारी पसल संचालन गरेको जानकारी दिनुभयो । उहाले एउटै सुरक्षा घेरा भित्र कसैले कमाउने कसैले गुमाउने स्थिति नहोस भनेर कैदिबन्दिका लागि एउटै मुल्यमा सामग्री उपलव्ध गराउन यस्तो पसल संचालन गरिएको प्रजिअ पोख्रेलले बताउनुभयो । यस्तो मोडेलमा पसल सचालन भएपछि मुल्य पनि सस्तो पर्ने र सवै कैदिबन्दिले समान मुल्यमा सामग्री उपभोग गर्न पाउने उहाले जानकारी दिनुभयो । कारागारका सवै कैदि बन्दि मिलेर मुल्य निर्धारण गर्ने र उपभोग गर्ने भएपछि सवैलाई समान हक लागू हुन्छ । विचमा विचौलियाले मुनाफा आर्जन गर्ने कुरै हुदैन । प्रजिअ पोख्रेलले भन्नुभयो। सवै कैदिबन्दिको आमभेलाबाट उनीहरुको सुझावका आधारमा यो मोडल संचालन गरेको उहाले बताउनुभयो ।
कैदिबन्दिहरुले पहिलेको भन्दा कारागारभित्र धेरै सुधार भएको बताएका छन । शोषणरहित कारागार निर्माणमा यो एउटा मोडलको रुपमा विकास हुने विश्वास व्यक्त गरिएको छ ।
यस्तै नाफाको व्यापार नहुने र गैर नाफा मुलक भएकाले कुनै पनि चौकिदार या नाइकेले मात्र मुनाफा गर्ने भन्ने कुरा हुदैन । प्रजिअका अनुसार मार्गचित्रको दोस्रो काम अनुसार कैदि बन्दिले अवदेखी मासीक सेवा सुविधा पारदर्शी ढंगबाट कारागारकै कर्मचारीको प्रत्यक्ष संलग्नतामा वितरण गर्ने र त्यसको भिडियो जिल्ला प्रशासन कार्यालयको फेसबुक पेजबाट प्रसारण गर्ने रहेको छ । कैदि बन्दिले पाउँदै आएको सीधामा समेत अन्य व्यक्तिले लाभ लिएको गुनासो मध्यनजर गर्दै प्रजिअले अवदेखि उक्त मोडल अनुसार मासीक सेवा सुविधा वितरण गरिने र पारदर्शी बनाइने उल्लेख गर्नुभयो ।
विचौलिया रहित सेवा प्रवाहको बारेमा कारागार सुधार मार्गचित्रका लागि प्रजिअ पोख्रेलले पटक पटक कारागारको अवस्थाबारे कैदिबन्दि र कारागार प्रशासनसँग बसेर छलफल गर्नुभएको थियो । त्यहाँबाट आएका गुनासो र सुझावलाई सम्बोधन गर्दै उहाले मार्गचित्र तयार पार्नुभएको हो । यो मार्गचित्र सफल भएमा अन्यत्र पनि सरकारले लागू गर्न सक्ने उहाको भनाई छ ।
इलाम कारागारमा हाल दुइ सय ७६ जना कैदि बन्दि रहेका छन् । यसमध्ये २० जना महिला छन् । कारागारमा भलिवल, केरेमबोर्ड, पुलहाउस, बास्केटबल जस्ता खेलकुदका गतिविधि हुने गरेका छन् । यस्तै यहाँ मुडा बुन्ने, ढाका बुनाई र कटिङ व्यवसाय पनि संचालन हुदै आएको छ ।