फाकफोकथुममा उद्घोषण र प्रस्तावना लेखन तालिम सुरु

  नयाँ बुलन्द  216 पटक हेरिएको

आमचोक : इलामको फाकफोकथुम गाउँपालिका-३ स्थित आमचोकमा उद्घोषण र प्रस्तावना लेखन तालिम सोमबार सुरु भएको छ ।

फाकफोकथुम गाउँपालिकाको आर्थिक सहयोगमा महिला उद्यमी संघ फाकफोकथुमको आयोजनामा ६ दिवसीय तालिम सुरु भएको हो ।

तालिममा गाउँपालिकाका सबै वडाका २० महिला उद्यमीहरुको सहभागिता रहेको छ ।

तालिमका सहभागीहरुलाई किरात याक्थुङ चुम्लुङ इलामका सचिव एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले सहजीकरण गरिहरेका छन् । तालिम आउँदो ६ जेठसम्म संचालन हुनेछ ।

तालिमको उद्घाटन फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले गरे । कार्यक्रममा संक्षिप्त संम्बोधन गर्दै अध्यक्ष खनालले तालिमबाट महिला उद्यमीहरुलाई कुनैपनि कुरा निर्धक्कका साथ राख्न सक्ने र पालिकाका आफ्नो योजना माग गर्दा अन्य श्रोतव्यक्तिलाई शुल्क तिरेर प्रस्तावना लेख्न लगाउने बाध्यताको अन्त्य अपेक्षा गरिएको बताए ।

गाउँपालिका उपाध्यक्ष कल्पना राईले महिलाहरुको क्षमता विकासका लागि आयोजना गरिएको तालिम फलदायी हुने अपेक्षा रहेको बताइन् । पछिल्लो समय संघीय सरकारबाट बजेट कटौती भएको अवस्थामा जोखिम मोलेरै यो कार्यक्रम आयोजना गरिएको बताइन् ।

महिला उद्यमी संघ फाकफोकथुमकी अध्यक्ष मुन्ना राईको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा अन्य वक्ताहरुले समेत समयसापेक्ष कार्यक्रम आयोजना गरिएको बताउँदै सार्थकताको शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार