
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्न पार्टी सभापति शेरबहादुर देउवासंग माग गरेको छ ।
नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय समिति सदस्य खाणलाई किन पार्टीबाट निलम्बन नगरेको भन्दै सभापति देउवालाई प्रश्न गरेको छ।















































