नेपाल लगायत विश्वका हरेक देशमा मे ३ का दिन ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाईने गिरिन्छ । त्यसैले यो वर्षको मे ३ तारिखका दिन नेपालमा पनि ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाईयो । त्यसरी ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाउनुको अर्थ ‘विश्वमा निर्वाध रुपमा प्रेस स्वतन्त्रता कायम रहोस् र विश्वका पत्रकारहरुका हकहित सुरक्षित होस्, पेशा मर्यादित होस् भन्ने लगायतका उदेश्यहरु’ होलान् कि ? यो अकिञ्चनलाई थाहा भउन । जबकि नेपालमा चाहिँ प्रेस स्वतन्त्रता भनेको ‘प्रेस र पत्रकारहरुले ‘जे पायो त्यही गर्न पाउने (जेपीटी) र लेख रचनाहरु लेखाउन पाउने, छाप्न पाउने, प्रशारण गर्न पाउने, अपलोड गर्न पाउने भन्ने बुझाई रहेको हो कि ? भन्ने देखिन्छ । जबकि प्रेस र पत्रकारहरुले आप्mनो पेशा मर्यादित र विश्वासिलो हुनु पर्ने ! भन्ने अर्थमा पनि बुभ्mदै जानुपर्ने हो कि ? खास गरी केही अनलाइन न्युज पोर्टलहरु सञ्चालन हुनुको नियत नै त्यही रहेको देखिन्छ । त्यो कसरी ? तल लेखिने छ ।
हुनत यो लेख झट्ट पढ्दा-हेर्दा ‘कसैसँग अतिशय अनुराग र कसैसँग अतिशय द्धेष !’ राखेर लेखे जस्तो देखिन सक्छ । तर त्यस्तो होइन ?! किनभने केही नेपाली पत्रपत्रिका र अनलाइन न्युजपोर्टल (डिजिटल पत्रिका !) मा आप्mनै (पत्रकार र पत्रपत्रिका) बारे लेखहरु केकति कारणले हो ? खासै लेखिएको वा छापिएको पाईँदैन । मेरो भनाइको तात्पर्य अरु विषय हेरी नेपाली पत्रकार, पत्रपत्रिका र अनलाइन न्युजपोर्टल (डिजिटल पत्रिका !) ले आप्mनै विषयमा लेख रचनाहरु जति लेख्नुपर्ने, छाप्नुपर्ने हो, त्यति लेख रचनाहरु लेखेको वा छापेको पाईँदैन । तथापि पनि गत चैत्र अंकको हिमाल खबर (अनलाइन तथा प्रिन्ट संस्करण) मा लेखक भानुभक्त आचार्यको ‘नेपाली पत्रकारितामा स्वार्थको टकराव’ शीर्षकको एक लेख छापिएको थियो । हुनत भानुभक्त आचार्यको पत्रपत्रिका (खास गरी नेपाली मिडिया सम्बन्धी) लेखहरु विगतमा पनि धेरथोर पढी रहेकै हो । सम्पादकीय नोट/जानकारी अनुसार आचार्यले ‘डिजिटल सञ्चार’ (संभवतः अनलाइन न्युजपोर्टल भनिएको होला, कि !?) सम्बन्धमा विद्यावारिधि गरेका रहेछन् भने हाल चाहिँ उनी उत्तर अमेरिकी देश क्यानडाको ‘ओटावा-अटवा’ विश्व विद्यालयमा ‘सञ्चार आचारसंहिता’ विषयमा पढाउँदा रहेछन् । उनले नेपालका अनलाइन न्युजपोर्टल (डिजिटल पत्रिका !) का सम्बन्धमा पनि एक लेख लेखेदेखि राम्रो हुन्थ्यो भन्ने लाग्छ । उनले सो विषयमा अभैm पनि लेखून् भन्ने मेरो विशेष आग्रह रहेको छ । किनभने नेपालका केही अनलाइन-‘डिजिटल पत्रिका !’ मा प्रकाशित हुने-छापिने-अपलोड हुने लेख, रचना, आलेख, फिचर वा समाचारहरु वास्तवमै लेख, रचना, आलेख, फिचर वा समाचारका रुपमा छापिएका छन् ? मेरो विचारमा नेपालका अनलाइन-‘डिजिटल पत्रिका’मा लेख, रचना, आलेख, फिचर वा समाचारहरु लेख, रचना, आलेख, फिचर वा समाचारका रुपमा नछापिएर-नभएर एकतर्फी ढंगले कसैलाई लखेट्न वा कसैको पक्षधरता लिनका लागि मात्रै तयार पारिएको बनावटी र नक्कली लेख, रचना, आलेख, फिचर वा समाचार हुन् । हो, त्यसो भनी रहँदा हामीले त्यस्तो आरोपलाई पुष्टि गर्ने आधारहरु केके हुन सक्छन् ? नेपालका केही अनलाइन-‘डिजिटल पत्रिका !’मा प्रकाशित हुने वा भएका लेख, रचना, आलेख, फिचर वा समाचार तयार पार्नेको फोटा नछाप्नु-नछापिनु उनीहरुको नाम नक्कली हुनु कतिपय लेख, रचना, आलेखमा नाम नहुनु, त्यस्तै लेखकको परिचय, ठेगाना, सम्पर्क नम्बर आदि उल्लेख नहुनु, तिनको संलग्नता, विज्ञता, पेशा आदिबारे परिचय नदिनु वा नखुलाउनु आदिलाई पनि उदाहणको रुपमा लिनुपर्ने हुन्छ । यदि आलेखक, लेखक, रचनाकार, फिचर तयार पार्ने, समाचार तयार पार्ने मानिस सक्कली हो र उसको रुचीमा कसैसँग ‘अतिशय अनुराग र अतिशय द्धेष’ छैन भने उसको फोटा छाप्नु-छापिनु किन नहुने ? किन उसले आप्mनो लेख, रचना, आलेख, फिचर, समाचारसँगै आप्mनो फोटा नछाप्ने ? खासमा नेपालका धेरै जसो अनलाइन/‘डिजिटल पत्रिका !’हरु नेपाल र नेपालीका पक्षमा सच्चा पत्रकारिता गर्न र सही सूचना प्रेषित गर्नका लागि भन्दा पनि आपूmले समर्थन गरेको राजनीतिक दलबाहेक अरु राजनीतक दलहरु, ती दलका नेता तथा कार्यकर्ताहरु, विपरित मत वा विचार राख्नेहरु, आपूmलाई मन नपरेको जातीय, भाषिक तथा धार्मिक संघ-संस्था र तिनका अगुवाहरुका साथै व्यक्ति विशेषहरुलाई लखेट्नका लागि मात्र खुलेका हुन्, चलेका हुन्, दर्ता भएका हुन् !? यसो हेर्दा यो कुरो शत प्रतिशत नभए तापनि ९९ दशमलब ९९ प्रतिशत सही लाग्छ ।
नेपालमा खुलेका, चलेका, दर्ता भएका अनलाइन-‘डिजिटल पत्रिका !’ मध्ये केही अनलाइन/‘डिजिटल पत्रिका !’हरुको फेहरिस्त र ती न्युजपोर्टलहरुले आप्mनो अनलाइनमा अपलोड गर्ने-छाप्ने-प्रकाशित गर्ने लेख, रचना, आलेख, फिचर, समाचार आदिको मकसद हेर्दा साँच्चै ती अनलाइन न्युजपोर्टलहरु नेपाल र नेपालीका पक्षमा सच्चा पत्रकारिता गर्न र सही सूचना प्रेषित गर्नका लागि भन्दा पनि आपूmले मन नपराएको वा आप्mनो पक्षधरता नलिएका राजनीतिक दल, ती दलका नेता तथा कार्यकर्ता त्यस्तै गरेर विभिन्न जातीय, भाषिक तथा धार्मिक संघ-संस्थाका अगुवा साथै अन्य व्यक्ति विशेषलाई लखेट्नका लागि मात्र खुलेका हुन्, चलेका हुन्, दर्ता भएका हुन् कि त ? भन्ने देखिन्छ । नत्र भने आप्mनो अनलाइन न्युजपोर्टल (डिजिटल पत्रिका !) मा छापिने लेख, रचना, आलेख, फिचर अथवा समाचार लेख्ने/तयार पार्ने व्यक्तिको सक्कली नाम, ठेगाना र सम्पर्क नम्बर, संलग्नता तिनको सक्कली फोटा पनि छाप्ने/प्रकाशित गर्ने/अपलोड गर्ने गर्दा के बिग्रन्छ ?
त्यसो हुनाले अन्यथा नसम्झी आचार्य ज्युले अब अर्को एक लेख लेख्नू पर्यो, जुन लेखले नेपालबाट प्रकाशित हुने-अपलोड हुने ‘अनलाइन-डिजिटल पत्रिका’ मा छापिने लेख, रचना, आलेख, फिचर वा समाचार लेख्ने-तयार पार्ने व्यक्तिको सक्कली नाम, ठेगाना, विज्ञता, संलग्नता अनि तिनको सक्कली फोटा पनि छाप्ने-प्रकाशित गर्ने-अपलोड गर्ने व्यवस्था लागू गर्ने । अन्यथा भए, गरेमा त्यस्ता लेख, रचना, आलेख, फिचर अथवा समाचार नछाप्ने-प्रकाशित नगर्ने-अपलोड नगर्ने अथवा नपाउने व्यवस्था गर्नुपर्ने देखिन्छ । यदि जानाबुझी कुनै ‘अनलाइन-डिजिटल पत्रिका’ ले लेख, रचना, आलेख, फिचर वा समाचार आप्mनो ‘अनलाइन-डिजिटल पत्रिका’ मा छापे-प्रकाशित गरे-अपलोड गरे, आर्थिक जरिवाना, कारावास र, उस्तै परेमा बन्द गर्ने-गराउनेसम्मका कानुनी व्यवस्था गर्ने सम्बन्धमा पनि हामीले लेख्नुपर्ने, वकालत गर्नुपर्ने देखिन्छ । हुन पनि हालसम्मको अवस्था हेर्दा नेपालका केही ‘अनलाइन-डिजिटल पत्रिका’ ले आप्mना विरोधी, विपक्ष दलका नेता कार्यकर्ता, विपरित मत-विचार राख्नेहरु, विभिन्न जातीय तथा भाषिक संघसंस्था र तिनका अगुवा, व्यक्ति विशेषलाई लखेट्नकै लागि मात्रै खुलेका, चलेका, दर्ता भएका जस्तो देखिन्छ ।
वाध्यतावश त्यस्ता केही अनलाईनको नामै किटेर उदाहरण दिनु पर्दाखेरि ‘तुवाचुङ’ अनलाइन, (सार्वजनिक अनलाईन हाल बन्द), ‘साल्पा’ अनलाइन, ‘नेपालवाईड’, ‘थुम्सेन्युज’ आदिलाई लिन सकिन्छ । हुन पनि तिनीहरुको पत्रकारिता कस्तो छ भने, आप्mनो अनलाईनमा छापिएको समाचारको प्रतिक्रियासमेत अपलोड गर्दैनन्/छाप्दैनन् । जबकि दीपेन्द्र राई ‘तुवाचुङ अनलाइनको सम्पादक रहेका छन् । दीपेन्द्र राई त केवल ‘तुवाचुङ अनलाइन’को सम्पादक मात्रै नभएर ‘गोरखापत्र दैनिक’ जस्तो पूरानो र विश्वसनीय मानिएको दैनिक पत्रिकाका भाषा सम्पादक पनि हुन् । ‘नेपालवाईड’ अनलाईनका सम्पादक पनि ‘हिमाल खबरपत्रिका’मा कार्यरत रहेका छन् । अब यिनीहरु (राईद्धय) ले पत्रकारिताको धर्म र मर्म नबुझेका होलान् त ? प्रश्न गर्न सकिन्छ । तापनि यी दुई अनलाइनका सञ्चालक तथा सम्पाकद्धयले नक्कली नाममा कुलुङ समुदाय, कुलुङ समुदायका केही अगुवा तथा कुलुङ समुदायको भाषा, वेषभुषा, रहनसहन, परम्परागत कानुन, चाडपर्व, संस्कार, संस्कृति, वंश, इतिहास आदिबारे जताभावी र भ्रम छर्ने गरी अन्टसन्ट लेख लेख्ने एक कुलुङ समुदायका लेखकको एकै लेख एक-अर्काले पालैपालो छाप्ने गर्छन्, लेखक भनिनेको लेखसँगै सक्कली नाम र फोटा पनि छापिनु-रहनुपर्नेमा सँधै नक्कली नाम हुन्छ भने लेखको फोटा कहिल्यै छाप्दैनन् ।