माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-६, चिसोपानी पञ्चमीमा विहीबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चिसापनी पञ्चमी अन्तरगत केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
वित्तीय साक्षरता अभियान कार्यक्रम अन्तर्गत जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चिसापनी पञ्चमीको आयोजनामा भएको कार्यक्रममा सदस्यहरुसँग अन्तरक्रिया गर्नुका साथै वित्तीय साक्षरता प्रदान गरिएको थियो ।
कार्यक्रममा दुई सय बढी सदस्यहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा संस्थाको प्रगति विवरण केन्द्रीय कार्यालय तालिम विभाग प्रमुख रन्जना निरौलाले र चिसोपानी पञ्चमी शाखाको गतिविधि चिसापानी शाखा प्रमुख नगेन्द्र कार्कीले प्रस्तुत गरेका थिए ।
यसैगरी सोही कार्यक्रमका अवसरमा ५ जना अति विपन्न परिवारका बालबालिकाहरुलाई पठनपाठनका लागि १ वर्षसम्मका लागि छात्रवृत्ति प्रदान गरिएको छ । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट उद्यमी र उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत समेत गरिएको पञ्चमी शाखाका कर्मचारी युगल श्रेष्ठले जानकारी दिए ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारि अधिकृत सन्जयकुमार मण्डलको अध्यक्षता र माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधी, सुरक्षा निकाय, स्थानीय बुद्धिजीवी, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रमको संचालन इलाम जिल्ला प्रमुख राजेस कुमार साहले गरेका थिए ।
जीवन विकास लघुवित्तले पाँचथरको मिक्लाजुङ गाउँपालिका, इलामको माङ्सेबुङ र चुलाचुली गाउँपालिका एवम् मोरङको मिक्लाजुङ गाउँपालिकामा बिगत १० वर्षदेखि करिब दुई हजार दुई सय जना सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।