फाल्गुनन्दका ११ जना महिलालाई सिकायो उद्यमी महिला बहुउदेश्यीय सहकारीले सिलाई कटाईको सिप  

  युद्धबहादुर बोहोरा
280 Shares

पाँचथरः उद्यमी महिला बहुउदेश्यीय सहकारी संस्थाद्वारा आयोजित दुई महिने सिलाई कटाई तालिम बुधबार समापन भएको छ ।

फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ५ मा २०७१ सालमा स्थापना भएको यस सहकारीले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरेको संस्थाको अध्यक्ष दिलमाया चेम्जोङले जानकारी दिइन् । पालिकाको आर्थिक सहयोगमा २ महिना आगाडीदेखि संचालन गरिएको उक्त तालिमबाट वडाका ११ जना महिलाले सिप आर्जन गरेका छन् । तालिममा स्रोत र साधनले भ्याएसम्म प्रशिक्षार्थीहरुलाई सिलाई कटाई बारे सिकाएको उनले बताइन् ।

सहभागीलाई निर्मला देवी पौडेलले प्रशिक्षण दिएकी थिइन् । दैनिक ६ घण्टा भन्दा बढी तालिम सञ्चालन भएको जनाइएको छ । उनीहरुलाई मेसिन चलाउन,नापजाँच गर्न,कपडा कटिङ गर्न,सिलाई गर्न,फिनिसिङ गर्न लगायतका सिलाई कटाई सम्बन्धीका प्रारम्भिक कामहरु सिकाईएको प्रशिक्षक पौडेलको भनाई छ ।

समापन कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष बृजहाङ आङ्देबेको विशेष अतिथ्यता प्रमुख प्रशासकिय अधिकृत,महिला तथा बालविकाश शाखाबाट रेजिना चापागाई लगायतको उपस्थिति थियो । सहभागीहरुलाई अतिथिहरुले प्रमाणपत्र प्रदान गरेका थिए ।

अतिथिले शुभकामना मन्तव्यमा सिकेका कुरालाई अब व्यवहारमा उतार्न र व्यवसायिक सिलाई कटाईको पेशा गर्न सहभागीलाई सल्लाह दिएका थिए । दुई महिने तालिमबाट आफुले सिलाई कटाई सम्बन्धी आधारभूत ज्ञान लिएको हुदाँ आगामी दिन अझै उच्च तहको तालिम उपलब्ध गराइ दिएमा झन् प्रभावकारी हुने सहभागीले बताएका छन् ।

 

तालिममा सहभागिहरुको उत्साहपूर्वक सहभागी देख्दा उनीहरुको सिक्ने इच्छा शक्ति प्रबल भएको प्रति आयोजक संस्था अत्यन्तै गौरवमय बनेको छ । यस संस्थाले महिलाको हित हुने हरेक तालिम,प्रशिक्षण,क्षमता विकाशका कार्यक्रम र विभिन्न क्रियाकलापसमेत गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार