इलाम : पत्रकारिता क्षेत्रमा क्रियाशील नरहेका सदस्यहरुलाई स्वैच्छिक रुपमा सदस्यता त्याग गर्न नेपाल पत्रकार महासंघ इलाम शाखाले आग्रह गरेको छ ।
पत्रकारिता क्षेत्रमा क्रियाशील नरहेका र स्वैच्छिक रुपमा सदस्यता त्याग गर्ने सबै सदस्यहरुलाई सम्मानसहित बिदा गर्ने र आवश्यकताअनुसार मानार्थ सदस्यता प्रदान गर्ने महासंघ इलामले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।
महासंघ इलाम शाखा सचिव भीम चापागाईंद्वारा हस्ताक्षरित सूचनामा पत्रकारितामा सक्रिय नरहेको, अरु नै व्यवसाय मुख्य रहेर पत्रकारितामा आंशिकरुपमा मात्र क्रियाशील सदस्यहरुलाई २५ जेठसम्म स्वैच्छिक रुपमा सदस्यता परित्याग गर्न आह्वान गरेका हुन् ।
इलाम शाखामा आवद्ध एक सय ६९ जना नेपाल पत्रकार महासंघका साधारण सदस्य छन् । अधिकाशं सदस्य निष्क्रिय छन् । कोही राजनीतिमा सक्रिय छन् भने कोही सरकारी र गैरसरकारी कार्यालयमा कार्यरत छन् ।
पत्रकार महासंघको सदस्यता सुद्धीकरण मापदण्ड, २०७९ अनुसार पत्रकारिता पेसामा तीन वर्षदेखि सक्रिय नरहेको, राजनीतिक दलको कुनै पनि समितिको पदाधिकारी रहेको, जनप्रतिनिधि रहेको, सरकारी तथा सेवा आयोगको स्थायी, अस्थायी र करार सेवाको कर्मचारी, मिडिया संस्थानबाहेक अन्य संस्थानका कर्मचारीको सदस्यता नवीकरण नहुने भएको छ ।
मुख्य पेसा पत्रकारिताबाहेक अन्य रहेका, कहिलेकाहीँ मात्र पत्रकारिता गर्ने गैरसरकारी तथा वित्तीय क्षेत्रका कर्मचारी र ६ महिनाभन्दा लामो समयदेखि विदेशमा रहेका व्यक्तिहरुको सदस्यता नवीकरण नगर्ने केन्द्रीय समितिले परिपत्र गरसकेकाले स्वैच्छिक सदस्यता त्याग गर्न आग्रह गरिएको नेपाल पत्रकार महासंघ इलाम शाखाले जनाएको छ ।
यस्तै महासंघ इलाम शाखाले सदस्यता नवीकरण र स्थानान्तरणका लागि समेत आह्वान गरेको छ । महासंघको सदस्यता सुद्धीकरण मापदण्डअनुसार २५ जेठसम्म सदस्यता नवीकरण र कार्यक्षेत्र परिवर्तन गर्न इच्छुकलाई सदस्यता स्थानान्तरणका लागि आह्वान गरेको हो ।
हेर्नुहोस् सूचना :
नेपाल पत्रकार महासंघ इलाममा आवद्ध सदस्यहरु: