विराटनगर : इलामका दुई अग्रज पत्रकारसहित प्रदेशका चार पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रादेशिक पत्रकारिता पुरस्कारबाट इलामका अग्रज पत्रकार सटेन्द्र जबेगु, सोमनाथ सुसेली, झापाकी महिला पत्रकार अम्बिका भण्डारी र सुनसरीका राजेश बिद्रोही पुरस्कृत भएका हुन् ।
मुख्यमन्त्री हिक्मत कार्कीले उनीहरुलाई दोसल्ला ओढाएर फूलमाला अबीर लगाई जनही नगद एक लाख र कदरपत्र हस्तान्तरण गरे ।
प्रदेश सरकारले २०७४/०७५ देखि प्रत्येक वर्ष प्रदेशका दुई जना अग्रज पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।