माङसेबुङ गाउँपालिकाका कर्मचारीका लागि उत्प्रेरणा तथा पुनर्ताजगी कार्यक्रम

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले कर्मचारीहरुलाई उत्प्रेरणा तथा पुनर्ताजगी कार्यक्रम प्रदान गरेको छ ।

शुक्रबार र शनिबार पालिकाले कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि गर्न उत्प्रेरणा तथा पुनर्ताजगी कार्यक्रम सञ्चालन गरेको हो ।

सुर्यदय नगरपालिका ५ स्थित अन्तुडाँडा होटलको हलमा सञ्चालन गरिएको तालिममा कर्मचारीले कसरी बोल्ने, कसरी सेवाग्राहीलाई सुविधा दिने र सन्तुष्टि बनाउने लगायतका बिषयमा प्रशिक्षण दिएको कार्यक्रमका अध्यक्ष माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार चौहानले जानकारी दिए ।

उनलेे कार्यक्रमबाट कर्मचारीहरुले सेवा ग्राहिहरुलाई सेवा तथा सुबिधा दिने सीप विकासमा टेवा पुग्ने विश्वास गरिएको बताए ।

हिमालयन सामाजिक परामर्श तथा तलिम केन्द्र (प्रा.लि) ले संयोजन गरेको कार्यक्रमको सहजिकरण नेपालको अध्ययन प्रतिस्ठान स्टाफ कलेजका प्रबन्धक विनोद कुमार विस्टले गरेका थिए ।

कार्यक्रममा ४४ जना कर्मचारीहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार