वैदेशिक रोजगारमा जान रहर हैन बाध्यता,जानै परेमा परामर्श लिनुपर्ने आवश्यकता

  युद्धबहादुर बोहोरा
161 Shares

पाँचथरः जिल्लाका चार स्थानीयतहमा सुरक्षित आप्रवासन ‘सामी’ परियोजना लागू भएको छ । फिदिम नगरपालिका,फालेलुङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा विगत चार वर्षदेखि परियोजना लागू भएको हो । “स्वदेशमा नै रोजगारी गरौं,वैदेशिक रोजगारीमा जाने नै भए सही सुचना लिएर र सीप सिकेर मात्र जाऔं” भन्ने नारा सहित चार वटै स्थानीयतहका समुदायमा वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन साथै वैदेशिक रोजगारीमा संलग्न नेपाली कामदार र तिनका परिवार लाभान्वित हुन् भन्ने मुख्य उदेश्यले परियोजना सञ्चालन भएको हो । सही सूचना र सीप लिएर मात्रै विदेश जानु पर्ने,वैदेशिक रोजगारीका क्रममा ठगी वा शोषणमा परेका पीडित आप्रवासी कामदारलाई कानूनी उपचार तथा यस सम्बन्धी अन्य सेवा प्राप्त हुने परियोजनाको लक्ष्य रहेको छ ।

सुरक्षित आप्रवासन कार्यक्रम ‘सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासी स्रोत केन्द्र’ फिदिम पाँचथरको प्राविधिक सहयोगसहित स्थानीयतहमा सहजीकरण गरेको छ । सुरक्षित आप्रवासन परियोजना सामीले फिदिम नगरपालिकामा सञ्चारकर्मी,सुरक्षाकर्मी,सामाजिक अगुवा र विषयगत शाखाबीच अन्तरक्रिया सम्पन्न गरेको छ भने मिक्लाजुङ,फाल्गुनन्द र फालेलुङ गाउँपालिकामा सामाजिक अगुवा,जनप्रतिनिधिसंग र सामुदायिक अभिमुखीकरण साथै गहन अभिमुखीकरण गरिरहेको छ । कार्यक्रममा वैदेशिक रोजगारी सम्बन्धी थाहा पाउनै पर्ने न्युनतम कुरा,सहयोगी संस्थाबारे जानकारी,सीप तालिम सम्बन्धी ज्ञान लगायतमा स्थानीयतहका समुदायमा वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण शुरु गरेको सामी कार्यक्रम संयोजक क्षोमाया तामाङले जानकारी दिइन् ।

जिल्लाका चार स्थानीयतहमा संचालित उक्त अभिमुखिकरण सामी हेल्भेटास कार्यक्रमका अधिकृत रोहित विश्वकर्माले सहजीकरण गरिरहेको उनले बताइन् ।

यसैबीच,फाल्गुनन्द गाउँपालिकामा पनि अध्यक्ष बृजहाङ आङ्देम्बेको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष ठाकुरसिंह नेम्बाङ,निमित्त प्रशासकिय अधिकृत निर्मल अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । वैदेशिक रोजगारीमा दक्ष बनेर चाहेको मुलुकमा कानुनी प्रकृया पुरा गरेर गएमा कसैलाई झन्झट र तनाव नहुने अतिथिले सुझावसहितको मन्तव्य राखेका थिए । उनीहरुले वैदेशिक रोजगारमा जान रहर हैन बाध्यता,जानै परेमा परामर्श लिनुपर्ने आवश्यकता जरुरी भएको बताए ।

जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि,सुरक्षाकर्मी,पत्रकार,विषयगत शाखाहरुको सहभागीतामा अभिमुखिकरण सम्पन्न गरिएको फाल्गुनन्द गाउँपालिका मनोसामाजिक परामर्शदाता उमा राईले जानकारी गराइन् । वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई व्यवसायिक सीप तालिम दिलाउने,वैदेशिक रोजगारीले ल्याएको सामाजिक लागत कम गर्दै लैजाने क्रममा परामर्शकर्ता राईले बताइन् । कार्यक्रम बित्तिय सहजकर्ता रोशन रिजालले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार