इलाम : इलाम नगरपालिकाले वैशाख २३ गतेदेखि नगरको १२ वटै वडाहरुमा लम्पी स्किन डिजिजको खोप लगाउने भएको छ ।
शुक्रबार इलाम नगरपालिकामा मेयर केदार थापाको अध्यक्षतामा बसेको बैठकले शनिबारदेखि खोप लगाउने निणर्य भएको हो ।
यस अघि नगर उपप्रमुख विष्णु दहाल लिम्बुको अध्यक्षतामा बसेको बैठकले खोप खरिद गर्नको लागि नगरका सबै जनप्रतिनिधिहरुले १ महिनाको पारिश्रमिक उपलब्ध गराउने निणर्य गरेको थियो ।
प्राप्त जानकारी अनुसार पहिलो चरणमा १६९ भायल खोप आईपुगेकोले करिब ४ हजार ७ सय २५ गाईवस्तुलाई खोप लगाईनेछ । त्यस्तै दोस्रो चरणमा करिब ५ हजार गाईवस्तुलाई खोप लगाईनेछ ।
यो खोप लम्पी स्किन डिजिजबाट संक्रमित भएको पशुलाई लगाउने नभई उक्त रोग प्रतिरोधी खोप भएको नगर पशु स्वास्थ्य शाखा प्रमुख रुपमान लिङदमले जानकारी दिए ।
पहिलो चरणमा गर्भवती गाई, लैनो गाई, १ वर्ष माथिका कोरली गाईलाई मात्र भ्याक्सिन लगाई अन्य गाईगोरुलाई दोस्रो चरणमा लगाईनेछ ।