नेपाल ट्रेड युनियन काङ्ग्रेस इलामको अध्यक्षमा सुवेदी

इलाम : नेपाल ट्रेड युनियन काङ्ग्रेसको सातौं जिल्ला अधिवेशन शुक्रबार सकिएको छ ।

अधिवेशनले जीवनकुमार सुवेदीको अध्यक्षतामा एक कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्षमा शोभा श्रेष्ठ (मानन्धर), राम चौलागाइ, तोयानाथ भट्टराई, ठाकुर कटुवाल उपाध्यक्ष, प्रविण कट्टेल चयन भएका छन् ।

सचिवमा ढाकाराम न्यौपाने, सहसचिवमा अर्जुनकुमार थापा र टीका खतिवडा एवम्  कोषाध्यक्षमा झुमदेवी कट्टेल चयन भएका छन् ।

सदस्यहरुमा उमेश गौतम, टीकादेवी तामाङ, रोजु बानियाँ, डोल्मा तामाङ, माया थेवे चयन भएका छन् ।

महाधिवेशन प्रतिनिधिहरुहरुमा हरिनाथ फुयाल र अम्बरबहादुर घिमिरे चयन भएका छन् ।

प्रदेश अधिवेशन प्रतिनिधिहरुमा मोहम्मद हासिम हुसैन र तुलसी एवा, बिष्णुप्रसाद दुलाल र रविन भट्टराई चयन भएका छन् ।

ट्रेड युनियन काङ्ग्रेस इलामका अध्यक्ष हरि फुयालको अध्यक्षता र नेपाली काङग्रेस इलामका सभापती डम्बरबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रीय समितिका उपमहासचिव ज्योती कोइराला, प्रदेश समिति अध्यक्ष नारायणबाबु कार्की लगायतको उपस्थितिमा भएको अधिवेशन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार