इलाम : घर निर्माण गर्ने क्रममा पुरिएर इलाममा ४ जना भारतीय मजदुरको ज्यान गएको छ ।
इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा शुक्रबार साँझ पौने ५ बजे घरको जगको प्लम हाल्दै गर्दा माथिबाट झरेको सुक्खा पहिरोमा पुरिएर मजदुरको ज्यान गएको हो ।
स्थानीय बिनोद श्रेष्ठको घर निर्माणको काम उनीहरुले आजैबाट थालेका थिए । मृतक १८ देखि २५ वर्ष उमेर समुहका छन् ।
पुरिएर मृत्यु हुँनेमा भारतको किसनगंज डिगल बैंकका तोसीब अलाम, अजि मोदिन, मुजाफर अलाम र अब्दुल अलाम रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरीनायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
घरको जगको प्लम हाल्ने क्रममा एक्कासी माथिबाट पहिरो झरेर पुरिएका मजदुरको घटना स्थलमै ज्यान गएको थियो ।
प्रहरी, जनप्रतिनिध र स्थानीयले उद्धार गरेपनि माटोमा पुरिएका कारण खोज्न ढिला भएको थियो । कुन ठाउँमा पुरिएको हो भन्ने थाहा नभएपछि शव निकाल्न ढिला भएको थियो ।