माओवादी केन्द्र इलाम नगरको ६ जनवर्गीय संगठनको सम्मेलन, नयाँ नेतृत्व चयन

  नयाँ बुलन्द
371 Shares

इलाम : नेपाल कम्युनष्ट पार्टी (माओवादी केन्द्र) निकट ६ वटा जनवर्गीय संगठन तथा मोर्चाहरुको इलाम नगर सम्मेलन सोमबार सकिएको छ ।

योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल, नेपाल दलित मुक्ती मोर्चा, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल खेलकुद महासंघ  र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ ।

सम्मेलनले योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको अध्यक्षमा नविन राय, नेपाल दलित मुक्ती मोर्चाको अध्यक्षमा देव त्रिखत्री,  अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को अध्यक्षमा  केदार न्यौपाने, अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्षमा भिम रसाइली,  अखिल नेपाल खेलकुद महासंघको अध्यक्षमा पुकार राई र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को अध्यक्षमा रन्जिता जिजी रहेको नयाँ समिति चयन गरेको छ ।

माओवादी केन्द्र इलाम नगर कमिटि अध्यक्ष विक्रम लिम्बुको अध्यक्षता र जिल्ला सहइन्चार्ज सोममाया राई (सिन्धु) को प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा प्रदेश सदस्य शान्ता बस्नेत, प्रवाश शर्मा, दिपेन राइ, जिल्ला कार्यालय सचिव प्रकाश परियार, नेपाल दलित मुक्ति मोर्चा जिल्ला अध्यक्ष ठाकुर खाती, सचिव टिकाराम बराईली, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राम योङहाङ, इलाम अध्यक्ष बुद्धमाया सोङ्मी लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार