काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछाने चुनिएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति समेत रहेका लामिछानेलाई दलको नेता चयन गरेको हो ।
त्यसअघि बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउन प्रस्ताव गरेको थियो । त्यसअनुसार नै सर्वसम्मत रुपमा लामिछानेलाई दलको नेता चयन गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
रास्वपा संसदीय दलको बैठकले सांसद निशा डाँगीलाई सचेतक तोकेको छ ।