पाँचथर : नेपाल प्रेस युनियन पाँचथरको अध्यक्षमा खबिन लुइटेल निर्वाचित भएका छन् । आइतबार लुइटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । अध्यक्ष पदमा निर्वाचन तथा पदाधिकारी र सदस्य पदमा सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समिति संयोजक विपेन्द्र गौतमले जानकारी दिए।
अध्यक्ष पदमा सहमति नजुटेपछि गरिएको मतदानमा प्रतिष्प्रर्धी विष्णु अधिकारीलाई ३ मतले पराजित गर्दै लुइटेल निर्वाचित भएका हुन् ।
सर्वसहमतिले अन्य पदाधिकारी चयन भए पनि अध्यक्ष पदमा मतदान गरिएको थियो । युनियनका उपाध्यक्षहरुमा नरेन्द्र सेर्मा र जंगवहादुर तामाङ, सचिवमा दिपक बोहोरा, सह–सचिवमा देविमाया योङयाङ, कोषाध्यक्षमा कमल घिमिरे तथा सदस्यहरुमा सर्मिला मुखिया, कृष्ण दुलाल, कुमार खड्का, सुष्मा हाङसरुम्वा, ममता रिजाल र गजेन्द्र तुम्वापो चयन भएका छन् ।
अधिवेशनलाई नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले उद्घाटन गरेका थिए ।