चन्द्रागिरिमा खानेपानीको हाहाकार, मेयरको कार्यकक्षसम्मै रित्तो गाग्रीको लाइन

  नयाँ बुलन्द
112 Shares

काठमाडौं : चन्द्रागिरि नगरपालिकामा खानेपानीको हाहाकार भएको छ । नगरपालिकाको कार्यालय रहेकै १२ नम्बर वडामा खानेपानीको हाहाकार भएपछि त्यहाँका स्थानीयहरु रित्तो गाग्रीसहित प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरुले कार्यलय परिसरदेखि मेयरको कार्यकक्षसम्म रित्तो गाग्रीको लाइन राखेर खानेपानीको व्यवस्थापन गर्न माग गरेका छन् । यसअघि वडामा २ वटा डिप बोरिङ निर्माण गरिएको थियो । तर, त्यसबाट पनि पानी नआएपछि समस्या बढेको नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खड्गीले बताए ।

सुख्खायाम लागेसँगै उपत्यकामा खानेपानीको अभाव बढेको छ । यसले गर्दा स्थानीयहरु ट्यांकरको पानीमा भर पर्नुपर्ने अवस्था आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार