
पाँचथर: फालेलुङ गाउँपालिकाको ३ नम्बर वडामा चट्याङका कारण एउटै फर्मका ५४ वटा भेडा मरेका छन् । शुक्चरबार राती अनदाजी ९ बजे समयमा ट्याङ लागेर स्थानीय प्रकाश राई, टेकबहादुर गुरुङ र सुरेन्द्र आङ्बोको फर्ममा १२ वटा भेडा भने घाइते भएका छन् ।भेडा फर्ममा काम गर्ने याङबरक ३ निवासी प्रेम राई सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उनको शरीरमा बाहिरी चोट नदेखिए पनि शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारी उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिए ।घटनाबाट के कति क्षती भयो भन्ने विवरण आउन बाँकी रहेको जनाइएको छ ।