काठमाडौं : समाजवादी प्रेस संगठन, नेपालको प्रथम अधिवेशन आगामी जेठ २६ र २७ गते काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको संगठनको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
संगठनले २०८० वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गरिसक्ने र वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गरिसकेका सदस्यले मात्र सम्मेलनमा प्रतिनिधिका भाग लिन पाउने निर्णय गरेको छ ।
साथै, बैठकले अध्यक्ष शम्भु श्रेष्ठको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव भूपराज खड्काको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, कोषाध्यक्ष कृष्णराज गौतमको संयोजकत्वमा आर्थिक प्रवन्ध समिति र उपाध्यक्ष भवानी कार्कीको संयोजकत्व अतिथि सत्कार समिति गठन गरेको छ ।