एसीसी प्रिमियर कप : शनिबार सेमिफाइनलमा नेपाल र कुवेत भिड्ने

  नयाँ बुलन्द
147 Shares

काठमाडौं : एसीसी प्रिमियर कपअन्तर्गत क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेत भिड्ने भएका छन् । आज मुलपानी मैदानमा समूह ‘बी’ को खेलमा कुवेतले हङकङलाई ३० रनले हराउँदै समूह ‘बी’ को उपविजेता हुँदै नेपालसँगको सेमिफाइनलमा भिड्ने तयारी गरेको हो ।

नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । अर्को सेमिफाइनलमा यूएई र ओमानले शनिबार नै भिड्ने छन् ।

नेपाल आजै भएको खेलमा कतारलाई हराउँदै समूह ‘ए’ को विजेता बनेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारलाई ६८ रनले पराजित गरेको नेपाल समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो।

नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रन बनाउँदा अलआउट भयो ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा १५७ रनमा समेटिएको थियो ।

प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ । शीर्ष तीनमा रहने टोलीले भने एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार