प्रदर्शनको क्रममा पक्राउ परेकालाई रिहाइ गर्न माग

  नयाँ बुलन्द
154 Shares

झापा : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास नेम्बाङविरुद्ध प्रदर्शन गर्ने क्रममा पक्राउ परेका २ जनालाई रिहाइ गर्न माग गरिएको छ ।

बुधबार नेकपा एमालेले बुद्धशान्ति ३ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम स्थल प्रवेश गर्ने क्रममा  पहिचान पक्षधरहरुले कालो झन्डासहित विरोध प्रदर्शन गरेको थियो। प्रदर्शनको क्रममा झडप समेत भएको थियो ।

सो क्रममा  संघीय लिम्बुवान पार्टीका केन्द्रीय उपाध्यक्ष मित्र लिङ्देनलाई प्रहरीले पक्राउ गर्‍यो ।

प्रदेश नम्बर १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिले शान्तिपूर्ण विरोध प्रदर्शनको क्रममा पक्राउ परेका नायक समेत रहेका लिङ्देनलाई प्रहरीले धरपकट गरेको प्रति घोर भत्सर्ना गर्दै बिना सर्त रिहाइ गर्न माग गरेको छ ।

यसरी समितिको बुद्धशान्ति संयोजक बुलेट राईलाई झुटो आरोप लगाउदै प्रहरीले नियन्त्रण गरेको भन्दै तुरुन्तै रिहाइ गर्न समितिले माग गरेको छ ।

पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय चन्द्रगढीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार