बारा-२ मा कुशवाहालाई उछिन्दै यादवको अग्रता

  नयाँ बुलन्द
133 Shares

बारा : बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले जनमतका शिवचन्द्र कुशवाहालाई उछिनेका छन् ।  करैयामाई नगरपालिका वडा १‚ २ र ३ को जम्मा ३ हजार ८१० मत गणना गर्दा कुशवाहालाई यादवले ८९ मतले अग्रता लिएका हुन् ।

यादवले १३९० मत प्राप्त गरेका छन् भने कुशवाहाले १३०१ मत प्राप्त गरेका छन् । एमालेका पुरुषोत्तम पौडेलले ६२९ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने २५९ मत र आम जनता पार्टीले १२४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बारा-२ मा आइतबार सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो । ६८ हजार ८ सय ८६ मत खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार