बारा : बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् ।
यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् ।
पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ११४८ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १११७ मत पाएका छन् ।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५३८ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४४ मत पाएका छन् ।