तनहुँमा कांग्रेस र एमालेको मत जोड्दा पनि रास्वपाको भारी मतले अग्रता कायमै

  नयाँ बुलन्द
154 Shares

तनहुँ : तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।

वाग्लेले १५ हजार नौ सय ५८ मत प्राप्त गरेका छन् । साथै, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले नौ हजार एक सय २३ मत र नेकपा (एमाले) का सर्वेन्द्र खनालले पाँच हजार एक सय ६६ मत प्राप्त गरेका छन् ।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो ।

कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार