आजभोलि नेपालको पूर्वी भेगको जिल्ला-जिल्लामा पञ्जीकरण विभाग अन्तर्गत रहेको तर वडामै गर्न सकिने जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाई सराईको सिफारिस आदिको प्रमाणपत्र लिँदा सम्बन्धित वडाका सामान्य कर्मचारी (खास गरी ठाऊँ हेरेर) सचिव र कम्प्युटर अपरेरटहरुले कुन पनि तिमीहरुको बाजे, बाबुको नागरिकतामा नाम थर जे छ, त्यो मात्रै राख्न पाईन्छ, अन्य नाम थर राख्न पाईँदैन ! भनेर एकोहोरो लिँडेढिपी गरेर आप्mनो वास्तविक जाति र थरबाट चिनिन चाहने जातिका मानिसहरुलाई आप्mनो असली जाति र थर लेख्न पाउने हक-अधिकारबाट वञ्चित गरिँदैछ । संविधानले मौलिक हकअधिकारको रुपमा दिएको व्यक्तिको ‘म को हुँ ?’ भन्ने स्वयमले गर्ने घोषणा र पञ्जिकरण विभागबाट आएको नेपालका जातजातिको सूचीअनुसार आप्mनो जात थर लेख्न नदिने कर्मचारी वडा अध्क्षय, , वडा सचिव, गाउँपालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुलाई हाीले हाम्रो मानवअधिकार हनन् विरुद्धको मुद्धा हाल्नुपनेृ देखिन्छ । पछिल्लो पटक हालै झापा जिल्लाको हल्दीबारीमा यस्तो घटना घटेको छ । खास गरी पछिल्लो पटक आप्mनो वास्तविक जाति र थरबाट चिनिन चाहने जातिमा कुलुङ जाति मुख्य रहेको छ । जसलाई पहिले ‘राई !’ भनेर चिनिन्थ्यो । स्मरणीय छ, कुलुङ जातिभित्र ३८० वटाभन्दा बढी थर र उपथरहरु रहेका छन् । त्यसैले कुलुङकुलुङबीचमै आपस्तमा विवाह हुने गरेको छ । जस्तो कि यो पंक्तिकार कुलुङभित्रको लोवात्ती थर हो भने अरु थरहरुमा मान्थेर्बू, थीम्रा, होनीत्ती, देउराम, हीमार, बार्सी, गेब्दूलू, नीमरस, नमाखाम, वालाखाम, रिन्हो, मूम्हो, पीदीसै, सूर्बा, ओखोती आदि गरी ३८० वटा थर, उपथर रहेको छ ।
हुनत जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाई सराईको सिफारिस आदिको प्रमाणपत्र लिँदा सम्बन्धित वडाका सामान्य कर्मचारी (खास गरी ठाऊँ हेरेर) सचिव र कम्प्युटर अपरेरटहरुले कुन पनि तिमीहरुको बाजे बाबुको नाम थर जेजे छ, त्यही मात्रै राख्न पाईन्छ-हुन्छ , अन्य नाम थर राख्नु पाईँदैन-हुँदैन ! भनेर एकोहोरो लिँडेढिपी गरेर आप्mनो वास्तविक जाति र थरबाट चिनिन चाहने जातिका मानिसहरुलाई आप्mनो असली जाति र थर लेख्न पाउने हक-अधिकारबाट वञ्चित गरिँ जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाई सराईको सिफारिस आदिको प्रमाणपत्र लिँदा सम्बन्धित वडाका सामान्य कर्मचारी (ठाऊँ हेरेर) सचिव र कम्प्युटर अपरेरटहरुले कुन पनि तिमीहरुको बाजे बाबुको नाम थर जेजे छ, त्यही मात्रै राख्न पाईन्छ-हुन्छ , अन्य नाम थर राख्नु पाईँदैन-हुँदैन ! भनेर एकोहोरो लिँडेढिपी गरेर आप्mनो वास्तविक जाति र थरबाट चिनिन चाहने जातिका मानिसहरुलाई आप्mनो असली जाति र थर लेख्न पाउने हक-अधिकारबाट वञ्चित गरिनुमा पछिल्लो पटक राई यायोक्खा नामक एनजिओ ‘संस्था दर्ता ऐन-२०३४’ अन्तर्गत राई जातिको नाममा खोलिएको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर-२६५६ र पछि काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड/काजिप्रका दर्ता नम्बर-३२८/०४९/०५०) का अगुवाहरु लागी परेका छन् ।
नेपाल सरकारले नेपालका आदिवासी जनजाति भनी ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन-२०५८’ अन्तर्गत सूचीकृत गरेको ५९ जातिको सूचीमा ‘राई !’ जातिको सूची पनि रहेको छ । तर, जत्ति पटक ‘अकबरी सुन !’ ले कसी लगाउन खोजे तापनि सुरुमा ‘राई !’ शब्दले नेपालका कुनै पनि जात वा जाति जनाउँथेन । किनभने, ‘राई !’ शब्दको व्युत्पत्ति ‘राय’ हो भने ‘राय’ शब्दले कणर्ाली भेगमा ‘राजा’ जनाउँथ्यो । इतिहास हेर्ने हो भने पनि ‘राय’ वा ‘राई’ शब्दको प्रयोग सेन शासनकालभन्दा पर गएको देखिँदैन । हुन पनि सेनकालमा हालको ‘प्रधानमन्त्री’ वा ‘मन्त्री’सरहको ‘राय’ पद पाएका बुद्घिकणर् ‘राय’ अहिले तेह्रथुम जिल्लामा पर्ने छ-थर भेगका एक थरी लिम्बुको वंश-पूर्खा भएको प्रमाणित भएको छ । यसरी इतिहास हेर्दा असलियतमा ‘राई !’ कुनै जात वा जाति नभएर ऊ वेलाका (शाह राजाहरु र श्री ३ महाराज/राणा) शासकहरुले नेपालको भगौलिक एकीकरणपछि पूर्वमा एकै रहेको किरात भूगोललाई समेत फुटाएर वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बुवान) बनाए । साथै ती भूगोलका किरातीका सन्तान जो स्थानीयस्तरका पहुँचवाला र हुनेखाने थिए, उनीहरुलाई स्थानीयस्तरका राजा वा शासक बनाउन विभिन्न पदवी र पगरीहरु सिर्जना गरे । जस्तै वल्लो किरातका कोईँच (सुनुवार) लाई ‘मुखिया’, माझ किरातका कुलुङ लगायत १६ खम्बुका सन्तानहरुलाई ‘राय’/‘राई’ र पल्लो किरात (लिम्बुवान) का लिम्बु र लाप्चालाई ‘सुब्बा’ पदवी/पगरी दिईयो । यस्तो पदवी/पगरी पाएका मान्छेहरु वा उनीहरुका सन्तानलाई ‘जिम्मुवाल/जिम्मावाल’ अथवा ‘तालुकदार/तालुकी’ पनि भन्ने गरिन्छ । पछि गएर त बाहुन, क्षेत्री, गुरुङ, मगर, माझी, दनुवार, नेवार लगायत नेपालका विभिन्न जातजातिका हुनेखाने मानिसहरुले पनि यस्तो ‘मुखिया’, ‘राय’/‘राई’, ‘सुब्बा’ पदवी वा भनौं पगरी पाउन थाले । ऊ वेला त्यस्तो पदवी वा पगरी पाएका मानिसहरु र तिनका सन्तान-दर सन्तानहरुलाई अहिले पनि फलानो ‘जिम्मुवाल/गाउँघरमा जिम्मावाल’ अथवा ‘तालुकदार’ भनी सम्बोधन गर्ने प्रचलन हटी सकेको छैन ।
स्मरण रहोस्, ‘मुखिया’, ‘राय’/‘राई’, ‘सुब्बा’ पदवी/पगरी पनि धेरै खालका हुन्थे । जस्तै ५ पगरी, ९, पगरी १२, पगरी १६ पगरी, २० पगरी हुँदै ५२ पगरीसम्मको ठूलो ‘पदवी/पगरी’हरु थिए । यस्तोे ‘पदवी/पगरी’ पाएका ‘राई’का सन्तानहरु काठमाण्डौमै पनि प्रशस्तै भेटिन्छन् । ‘सुब्बा’ पनि सानो ‘सुब्बा’ (बडा दसैँको महानवमीको दिन मौलोमा बोका मात्रै मार हान्न पाउने), ठूलो ‘सुब्बा’ (जसलाई मौजे सुब्बा भनिन्थ्यो) मौलोमा राँगा मार हान्न पाउने ‘सुब्बा’ । अमाली ‘सुब्बा’ (कानुन मात्रै हेर्ने ‘सुब्बा’ । यस्तो ‘सुब्बा’को छोरो पूर्व प्रमुख जिल्ला अधिकारी मञ्जुल कुमार याक्थुङ्बा हुनु हुन्छ । त्यस्तै माथि नै एक प्रसंगमा भनियो कि, पछिल्लो समयमा नेपालमा जुनसुकै जात वा जातिका मानिसहरुले पनि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ पदवी वा पगरी पाएका थिए । त्यसरी जुनसुकै जात वा जातिका मानिसहरु ‘मुखिया’ हुने क्रममा खोटाङ जिल्लामा रोका क्षेत्री पनि ‘मुखिया’ भएका थिए । थप पुस्टिका लागि हेर्नुहोस्, हरि रोकाको २०६० मा हिमाल खबरपत्रिकामा प्रकाशित एक लेख ।
स्मरणीय के छ भने, आत्मनिणर्यको अधिकार भन्दैमा कुलुङ जातिका अगुवाहरुले ‘हामी कामी हौं, कुलुङ होइनौं !’ भनेका छैनौं । त्यसैले हालसम्म थाहा नभएर, रहरले, वाध्यताले अथवा जोर-जबर जस्तीले हामीले आप्mनो नामको पछाडि ‘राई !’ भन्दै वा लेख्दै आएको भए तापनि अबदेखि जो कोहीले आ-आप्mनो आत्मनिणर्यको अधिकारको प्रयोग गरौं । त्यही भएर ‘राई ! हुने/लेख्न चाहनेहरु ‘राई !’ नै लेख्नु होस्, राई नै हुनु होस्, त्यसमा हाम्रो विरोध, विरोध वा विमति छैन, थिएन । त्यस्तै राईवादी कामरेडहरुले पनि हामी (कुलुङ) लाई हाम्रो आप्mनो असली जातीय स्वपचिान ‘कुलुङ’ ले चिनिन दिनु होस् भन्ने हो । त्यसैले आगामी १२ औं जनगणनामा हामीलाई ‘कुलुङ’ लेख्न दिनु होस् भन्ने हो ।
यो देशमा ‘राई !’ मात्रै नभएर उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, बडागुरु ज्यु, गुरु ज्यु, पण्डित, बैठके, हुक्के, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार/बहिदार, तोहले आदि पदवी वा पगरी पाएका मान्छेहरु पनि प्रशस्तै थिए । तर, पनि किन ‘राई !’ पदवी वा पगरी बाहेकका यी उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, बडागुरु ज्यु, गुरु ज्यु, पण्डित, बैठके, हुक्के, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार/बहिदार, तोहले आदि पदवी वा पगरी पाएका मानिसका सन्तान, दरसन्तानहरुले चाहिँ आप्mनो ‘जात’ वा ‘जाति’ उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, बडागुरु ज्यु, गुरु ज्यु, पण्डित, बैठके, हुक्के, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार/बहिदार, तोहले आदि हो भनी लेखेनन् होला ? यस विषयमा पनि नेपालका समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्रीहरुले खोज-अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
धेरैले थाहा थाहा पाएर/थाहा भएर पनि केही थाहा छैन भनेभैmँ गर्छन् । नत्र भने त ‘सबै जातको पूmलबारी’ नामक किताबमा डोरबहादुर विष्टले लेखेका छन् ‘-…तिरो उठाउँदा जग्गाको नापअनुसर नउठाएर घरधुरीको आधारमा उठाइन्थ्यो । जसले गर्दा थोरै जग्गा हुने ‘राई !’ हरुलाई मर्का पथ्र्यो । त्यसैले ‘किपट प्रथा’ र राई पगरी वा पदवी खारेज हँुदा धेरै जसो ‘राई !’ हरु नै खुशी …. ।’ त्यस्तै चाल्र्स म्याकडग्लसले पनि ‘द कुलङे राई’ नामक किताबको ठाउँठाउँमा ‘-… राई … द चिफ एन्ड हेडमेन एप्पोइन्टेड वेर/वेएर गिभन द टाईटल अफ ‘राई !’ (चिफ), ह्विच इभेन्च्युअल्ली केम टु बी एप्लाइड टु द एथ्निक ग्रुप ऐज अ होल । …’, ‘द राई … किपट ओनर/ओवनर…’, इन दोज डेज राई मेन्ट/मिन्ट चिफ एन्ड वाज नट डायग्नोस्टिक अफ ग्रुप मेम्बरशीप …, भनी लेखेका छन् । साथै सन् २००७ को ‘विश्व आदिवासी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा औपचारिक कार्यक्रम सकिएपछिको प्रश्नोत्तर-उत्तरमा यो पंक्तिकारले ‘वास्तवमा राई जात वा जाति होइन, राईलाई जाति मान्दा २२ भन्दा बढी किरातीहरुको जातीय स्वपहिचान र अस्तित्व मेटिन आँटेको छ !’ भनी कुरो राखेको थियो । लगत्तै चलेको दिवा भोजमामा भोजपुर जिल्लाको बोया गाउँका डा. शिवकुमार राई मेरो समीप आएर ‘भाइ, तपाईले साह्रै रामो प्रश्न उठाउनु भयो, किनभने, मेरा बाबु पनि ठूला राई थिए । भूमिसुधार ऐन लागू भएपछि जग्गा-जमीन रैती/ढाक्रेको नाममा गर्नुपर्ने भयो । तर, मेरा असली ‘राई !’ बाबुले म पो ‘राई !’ यी मेरा रैती/ढाक्रेहरु कसरी ‘राई !’ भनी बबाल गरेका थिए । भनी बताएका थिए ।
नढाँटीकन भन्नु पर्दा कुलुङ जातिका अगुवाहरुले ०५७/५८ देखि नै कुलुङ जाति नेपालका अन्य जातिसरह अलग्गै जाति वा समुदाय हुन्, ‘राई !’ होइनन् भन्दै आएका हुन् । किनभने, कुलुङ जातिको ऐतिहासिक भूमि अर्थात् उत्पत्ति-थलो महाकुलुङ, हामी भन्ने भावना, पूख्र्यौली हाँगाबिँगा, वंश-परम्परा, मौलिक भेषभुषा, मौलिक संस्कार, संस्कृति, परम्परागत कानुन, चाडपर्व, गरगहना, चालचलन आदि छ भने, कुलुङ जातिभित्रै ३८० भन्दा बढी थर, उपथर छन्, त्यसैले कुलुङ-कुलुङबीचमै एकआपस्तमा विवाहवारी चल्ने गरेको छ । स्मरण रहोस्, ०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ भाषा वक्ता संख्या ३३ हजार १७० जना रहेको छ । सोही आधारमा केन्द्रीय तथ्यांक विभागले १२ औं जनगणनामा कुलुङ जातिलाई अलग्गै जातिगत कोड-६२ र भाषागत कोड-२९ उपलब्ध गराएको थियो, राई कामरेडहरु !
त्यसैले भीडको जमात देखाएर व्यक्तिगत फाइदा लिने र राजनीति गर्नेहरुको कुरोमा हाँ मा हाँ गरेर आप्mनो जातीय स्वपहिचान र अस्तित्व मेट्दै राई बन्ने कि जातीय स्वपहिचानसहित राउटे बन्ने ? वेला छँदै विचार गरौं, वास्तवमै नबुझेर वा नजानेर राई हुनु पर्छ भन्ने अञ्जान राईवादी कामरेडहरु ! जानाजान निदाएको अभिनय गर्ने राईवादी कामरेडहरुलाई त के नै भन्नु र ?