प्रेस युनियन इलाममा पहिरो, दर्जनौंद्वारा संगठन परित्याग

  नयाँ बुलन्द  570 पटक हेरिएको

इलाम : नेपाल प्रेस युनियन इलाममा पहिरो गएको छ । प्रेस युनियन इलाममा आवद्ध दर्जनौं पत्रकाहरुले सामूहिक राजिनामा दिएका छन्  ।

पछिल्लो समय प्रेस युनियनमा विधिको भन्दा व्यक्तिवादी चरित्र हावी हुँदै गएको आरोप लगाउँदै शनिबार १३ जनाले सामूहिक राजिनामा दिदैं संगठनबाट अलग भएको घोषणा गरेका छन् ।

यसरी प्रेस युनियन परित्याग गर्नेहरुमा जीवन शर्मा, गोविन्द पौडेल, दिनेश महत, विक्रम सुन्दास, सृजना श्रेष्ठ, धड्कन शर्मा, कमला थापा, लता कट्वाल, लोकेश भट्टराई, विकास न्यौपाने, विवेक घिमिरे,  रविन गुरुङ र प्रेम अधिकारी रहेका छन् । अधिकारीले यसअघि नै राजिनामा दिईसकेका थिए ।

उनीहरुले प्रेस युनियनलाई युनियनकर्मीहरुको साझा संस्था बनाएर अगाडि बढ्नुपर्नेमा पछिल्लो समय केहि व्यक्तिहरुको एकलौटी निर्णयले प्रेस युनियन इलामलाई चिराचिरा बनाएको आरोप लगाएको छ । सामूहिक राजिनामाको विज्ञप्ति जारी गर्दै उनीहरुले संस्थाको मर्म र हित विपरित काम गर्ने युनियनका जिम्मेवार व्यक्तिलाई कारवाही गर्नुको सट्टा पुरस्कृत गर्नुले युनियनको नाङ्गो चरित्र चित्रण गरेको उल्लेख छ ।

‘प्रेस युनियन इलाम आफनो जिम्मेवारी प्रति उत्तरदायि नहुनु, आर्थिक रुपमा पारदर्शी नहुनु, संस्था चलायमान नभई शुन्यताको अवस्थामा रहनु, संस्थाको मर्म र हित विपरित काम गर्ने युनियनका जिम्मेवार व्यक्तिलाई कारवाही गर्नुको सट्टा पुरस्कृत गर्नुले युनियनको नाङ्गो चरित्र चित्रण गरेको छ’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्तिमा प्रेस युनियन इलाममा एकै व्यक्तिले संस्थाको नेतृत्व ९ वर्षसम्म गर्ने अनि नयाँ र पत्रकारितामै सक्रिय सदस्यलाई नेतृत्व हस्तान्तरण नगरी केही व्यक्तिको झुण्ड बनाएको, पत्रकारको हकहितको क्षेत्रमा कुनै काम गर्न नसकेको, क्षमता र वृत्ति विकासका कुनै कार्यक्रम नभएको, पत्रकारितामा आउने नयाँ पुस्ताको संरक्षण गर्न नसकेकोलगायत आरोप लगाएको छ ।

युनियन परित्याग गरेका पत्रकारहरुले तत्काल कुनै संगठनमा आवद्ध नभई स्वतन्त्र रहने बताएका छन् ।

यस्तो छ विज्ञप्ति :

सामुहिक राजिनामा सहितको प्रेस बिज्ञप्ती

नेपालका हरेक परिवर्तनका कालखण्डमा प्रेस युनियनले खेलेका भूमीका सवैमा सर्वविधितै छ । प्रेस जगतले अन्यायमा परेकाहरुको आवाज उठाउनु कर्तव्य नै हो । तर, पछिल्लो समय प्रेस युनियनमा विधिको भन्दा व्यक्तिवादी चरित्र हावी हुँदै जादा यो संस्था सबैको साझा बन्न सकेको छैन ।

इलाम जिल्लामा पनि प्रेस युनियनको इतिहास लामै छ । तर, लामो इतिहास बनाई रहदा प्रेस युनियन इलाम पनि सबैको बन्न सकेन । यो दुखद पक्ष हो । प्रेस युनियनलाई युनियनकर्मीहरुको साझा संस्था बनाएर अगाडि बढ्न पर्नेमा पछिल्लो समय केहि व्यक्तिहरुको एकलौटी निर्णयले प्रेस युनियन इलामलाई चिराचिरा बनाएको छ । प्रेस युनियन इलाम आफनो जिम्मेवारी प्रति उत्तरदायि नहुनु, आर्थिक रुपमा पारदर्शी नहुनु, संस्था चलायमान नभई शुन्यताको अवस्थामा रहनु, संस्थाको मर्म र हित विपरित काम गर्ने युनियनका जिम्मेवार व्यक्तिलाई कारवाही गर्नुको सट्टा पुरस्कृत गर्नुले युनियनको नाङ्गो चरित्र चित्रण गरेको छ । प्रेस युनियन इलाममा एकै व्यक्तिले संस्थाको नेतृत्व ९ वर्ष सम्म गर्ने अनि नया र पत्रकारितामै सक्रिय सदस्यलाई नेतृत्व हस्तान्तरण नगरी केहि व्यक्तिको झुण्ड बनाएर तीनै व्यक्तिको वरिपरी संस्थालाई गुमराहमा राखी जस्ता काम विगतदेखि नै हुँदै आएका छन् । करिव १५ वर्ष देखि प्रेस युनियन इलाम कुनै गतिविधि, बिनै बसिरहेको सबैमा सर्वविधितै छ । यो अवधिमा पत्रकारको हकहितको क्षेत्रमा कुनै काम गर्न नसक्नु, क्षमता र वृत्ति विकासका कुनै कार्यक्रम नहुनु, पत्रकारितामा आउने नयाँ पुस्ताको संरक्षण गर्न नसक्नुले प्रेस युनियन इलामका लागि घातक पक्ष देखिन्छ ।

पछिल्लो समय प्रेस युनियन केन्द्र र कोशी प्रदेशको पत्र अनुसार नयाँ सदस्यता जिल्लाले सिफारिस गरी पठाउन पर्नेमा विभिन्न मिडिया हाउसवाट नयाँ सदस्यताका लागि सिफारिस गरिएका सदस्यको सिफारिस प्रदेश र केन्द्रमा नपठाउने जिल्ला कार्य समितिको निर्णयले नयाँ पुस्तालाई सदस्यता पाउनवाटै वञ्चित गराएको छ । प्रेस युनियन संघ र प्रदेशको निर्णय समेत जिल्ला कार्य समितिले नमान्नु आपत्तीजनक र निन्दनीय छ ।

विभिन्न विषयमा पटक पटक विवाद हुँदा पनि कुनै पक्षबाट हालसम्म छलफल र संवादका प्रयास समेत भएन बरु यूनियन भित्र संस्थाकै निर्णय विपरित काममा संलग्न व्याक्ति हावी भइरहने प्रवृतिले निरन्तरता पाएको छ । जसको ज्वलन्त उदाहरण विगतमा युनियनका कतिपय साथीहरुले छाडेर गएको इतिहास साक्षी रहेको छ । नमाम समस्याको समाधानको उपया नखोजिनु र सामान्य संवाद समेत नगरिनुले अटाउने भन्दा हटाउने प्रयत्न भइरहेको हाम्रो उम्माइ हो । तसर्थ हामीले आजकै मितिबाट साधारण सदस्य समेत नरहने गरी नेपाल प्रेस युनियनबाट सामुहिक राजिनामा दिएका छौ। आगामी दिनमा हामी स्वतन्त्र रही पत्रकारितामा अझ सक्रिय रहने छौं । लाभा समयदेखि पत्रकारिता गर्दै गर्दा युनियनको नयाँ सदस्यताका लागि मिडिया हाउसवाट सिफारिस भएर जिल्ला कार्य समितिले सदस्यता पाउनबाट वञ्चित गराईएका साथीहरु समेत आगामी दिनमा प्रेस युनियनमा आबद्ध नहुने प्रतिवद्धता व्यक्त गर्दै यति लामो समय काम गर्दा साथ सहयोग, सुझाव सल्लाह दिनु हुने जिल्ला, प्रदेश र केन्द्रश अग्रज प्रति धन्यवाद ज्ञापन गर्दै पत्रकारिताका क्रममा हामी कहि न कहि सँगै जोडिने नै छौं

अन्नततः हामीले थालेको यो अभियान साथ सहयोग गर्न अग्रज पत्रकारहरु, पत्रकारिता गर्न इच्छुक नया पुस्तालाई पत्रकारीताको क्षेत्रमा गोलबद्ध हुन समेत हार्दिक अपिल गर्दछौं ।

१. जीवन शर्मा

२. गोविन्द पौडेल

३. दिनेश महत

४. विक्रम सुन्दास

५. सृजना श्रेष्ठ

६. धड्कन शर्मा

७. कमला थापा

८. लता कट्वाल

९. लोकेश भट्टराई

१०. विकास न्यौपाने

११. विवेक घिमिरे,

१२. रविन गुरुङ

१३. प्रेम अधिकारी (यस अघि नै राजिनामा दिई सकेको ।)

मिति : २०५०।०१।०९

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार