सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासहित सयौं पर्यटकीयस्थल समेटिएको फोटो बुक विमोचन गरिएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार फोटो बुक विमोचन गरे । पर्यटन प्रवद्र्धन र प्रचारप्रसार गर्ने उदेश्यले पर्यटकीयस्थल, धार्मिकस्थल, आदिवासी जनजातिको सस्कृति, गाउँपालिका भित्र पाइने जडिबुटि, लोपउन्मुख वन्यजन्तु, चराहरु लगायतको फोटो समावेश गरिएको फोटो बुक प्रथम सन्दकपुर महोत्सवको अवसरमा विमोचन गरिएको हो ।
फोटो बुकको अनावरण गर्दै प्रदेश प्रमुख खापुङ्गले सन्दकपुर गाउँपालिकाले गरेको ऐतिहासिक दस्ताबेज निर्माणको काम प्रदेश र देशका लागि पनि सिकाईको काम भएको बताए ।
फोटो बुकमार्फत यहाँको पर्यटन प्रवद्र्धनमा ठुलो सहयोग पुग्ने उनले बताए । पर्यटन फोटो बुक २ सय ४ पेजको रहेको सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिृकत महेश राईले बताए ।
प्रधानमन्त्री, पर्यटनमन्त्री, प्रदेश प्रमुख प्रदेशका मुख्यमन्त्री, इलामका प्रदेश,संघीय सासंद लगायतको सुभकामना सन्देश समावेश भएको फोटोकुब ५ सय प्रति छापिएको सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । सन्दकपुर गाउँपालिका भित्र रहेका फोटोहरुको संकलन इलामका फोटो पत्रकार सुजन तिमसिनाले गरेका थिए । विमोचन भएको फोटोबुक अतिथिहरुलाई उपहारसहित हस्तान्तरण गरिएको थियो ।