इलाम : नयाँ वर्षको अवसरमा शुक्रबार इलाम-माइपोखरी म्याराथुन प्रतियोगिता संचालन हुँदैछ । इलामको गोदकदेखि माईपोखरीसम्मको म्याराथुनमा पाँच विदेशीसहित एक सय ४७ धावक सहभागी हँुदैछन् ।
म्याराथुन प्रतियोगितामा एक जना केन्याका, चार जना भारतका र एक सय ४२ नेपाली धावक सहभागी हुने भएका हुन् । जसमध्ये एक सय १९ पुरुष र २८ महिला धावक सहभागी हुने इलाम नगरपालिकाले जनाएको छ ।
पुरुषतर्फ इलाम नगरपालकिा १०, गोदकको नारायण चोकदेखि सन्दकपुर गाउँपालकिाको सातखाल्डेसम्म ४२ दशमलव २ र महलिातर्फ इलाम बजारदेखि सातखाल्डेसम्म २१ दशमलव १ कलिोमटिर दुरीको म्याराथुन प्रतयिोगतिा हुनेछ । पुरुषतर्फ म्याराथुनको दुरी पार गर्न ४ घण्टा १५ मिनेट र महिलातर्फको दुरी पार गर्नका २ घण्टा ५ मिनेट समय निर्धारण गरिएको छ ।
पुरुषतर्फको म्याराथुन विजेताले दुई लाख ५० हजार र उपविजेताले एक लाख पचास हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । त्यस्तै महिलातर्फको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् ।
इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र सदरमुकामस्थित नेपाली सेनाको रणशार्दुल गणको संयुक्त आयोजनामा हुने म्याराथुनको तयारी पूरा भएको विहीबार पत्रकार सम्मेलन गरी इलाम नगरपालिकाले जनाएको छ ।
इलामको पर्यटकीय गन्तव्यको रुपमा परिचित सन्दकपुर गाउँपालिकामा जारी प्रथम सन्दकपुर महोत्सवको आकर्षणको रुपमा म्याराथुन प्रतियोगिता आयोजना गरिएको सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकीय अधकिृत महेश राईले बताए ।
२४ चैतदेखि जारी महोत्सव आउँदो १० वैसाखसम्म संचालन हुनेछ । ‘एकीकृत पर्यटनको प्रवद्र्धन र विकास, समृद्ध राष्ट्र निर्माणको सघन निकास’ भन्ने नारासाथ जारी विभिन्न कार्यक्रमहरु संचालन भइरहेका छन् ।