तीन वर्षको नेपाली पर्यटनः निराशापछि आशा

  निनाम लोवात्ती
105 Shares

निनाम लोवात्ती

भनिन्छ, मानिसको जीवन भनेको आशा, निराशा, उत्साह, उमंग (उमङ्ग-उमङ्ग), जोश, जाँगर आदिको संगमस्थल हो । तापनि कहिले काँही हामीलाई आशा, उत्साह, उमंग (उमङ्ग-उमङ्ग), जाँगर र जोशले भन्दा पनि निराशा एक्लैले जितेर केवल ‘निराश-निराश-निराश !’ मात्रै बनाउँछ । तर हाम्रो जीवनमा निराशजनक समय र परिस्थिति सँधै रहँदैन, किनभने जुन समय र परिस्थितिले हाम्रो जीवनमा निराशा ल्याएको हुन्छ, त्यही समय र परिस्थितिले हाम्रो जीवनमा उत्साह, उमंग (उमङ्ग-उमङ्ग), जोश, जाँगर फेरि पनि लिएर आउँछ भन्ने त इतिहासमा पटकपटक पुस्टि गरेको छ । जस्तै सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण-पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट पैmलन सुरु भएको ‘नोभेलकोरोना भाईरस’ (पछि कोभिड-१९ नाम दिएको) ले विस्तारै विश्वभरि नै महामारीको रुप लिएपछिको अवस्थाले देखाएको छ । हो, सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनबाट पैmलन सुरु भएको ‘नोभेलकोरोना भाईरस’ (पछि कोभिड-१९ नाम दिएको) ले विस्तारै विश्वभरि नै महामारीको रुप लिएपछि विश्वभरिका प्रायः सबै देशले आ-आप्mनो देशमा आउने यात्रीहरुलाई यात्रा गर्नमा प्रतिवन्ध नै लगाउन सुरु गर्यो । जसले गर्दा लगभग एक वर्षसम्म विश्व पर्यटनले आर्थिक रुपमा ठूलो मार खेप्नु पर्यो । त्यो वेला एक प्रकारले विश्वभरि नै मुर्दा शान्ति छाएको अवस्था थियो । त्यो समयमा हामीलाई अब के-कसो हुने हो ? भनी केवल ‘निराश !’ बनाएको र चिन्तित तुल्याएको स्थिति थियो । हुन पनि हिजोसम्म जुन समय र परिस्थिति हाम्रो जीवनमा निराशाको समय रहेको थियो, चिन्तित तुल्याएको अवस्था थियो, आज आएर त्यही समय र परिस्थिति हाम्रो जीवनमा फेरि पनि उत्साह, उमंग (उमङ्ग-उमङ्ग) आज, जोश, जाँगर आदिले भरिपूणर् भएर आएको अवस्था छ ।

वास्तवमा सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण-पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट पैmलन सुरु भएको ‘नोभेलकोरोना भाईरस’ लाई केही देशका सरकार प्रमुख जस्ततै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलियन राष्ट्रपति बोल्सोनारोलगायतले कोरोना महामारीलाई अति नै हलुका रुपमा लिएका थिए । त्यसो भए तापनि कोरोना महामारीले आप्mनो पूणर् शक्तिसहित विश्वभरि व्यापक रुपमा पैmलने क्रम बढाएपछि विश्वभरिकै पर्यटकीय गन्तव्यहरु बन्द भए । हुन पनि विभिन्न समयमा विश्वमा आएका ठूला महामारी रोगहरुको इतिहास हेर्दा त्यसअघिका महामारमिा यसरी (आवतजावत) यात्रामा प्रतिवन्ध नै लगाएको देखिँदैन । यसरी सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनबाट पैmलन सुरु भएको ‘नोभेलकोरोना भाईरस’ (पछि कोभिड-१९ नाम दिएको) का कारण पहिलोपटक विश्वभरिका प्रायः सबै देशले आ-आप्mनो देशमा आउने यात्रीहरुलाई यात्रा गर्नमा प्रतिवन्ध नै लगाए । जसले गर्दा लगभग एक वर्षसम्म विश्व पर्यटनले आर्थिक रुपमा ठूलो मार खेप्नु पर्यो । त्यो वेला एक प्रकारले विश्वभरि नै ‘मुर्दा-शान्ति !’ छाएको अवस्था थियो । त्यो समयमा हामीलाई अब के हुने हो, कसो हुने हो ? भनी केवल ‘निराश !’ बनाएको र चिन्तित तुल्याएको स्थिति थियो । यसरी हेर्दा सन् २०१९ को अन्तिम ताका चीनबाट पैmलन सुरु भएको कोरोना महामारीका कारणले ‘विश्व पर्यटन’मा कसैले पनि नसोचेको स्तरमा ‘डाउन-फल’ सुरु भयो । भनाइको मतलब के हो भने विश्वका धेरै जसो घुमघाम योग्य पर्यटकीयस्थलहरु पूणर् रुपमा बन्द गरियो । माथि एक प्रसंगमा भनिएझैँ इतिहास हेर्दा यसअघि (सन् २०१९) पनि विभिन्न खाले ठूलठूला महामारी पैmलिएको थियो । तर त्यसवेला यात्रा र घुमघाममा प्रतिवन्ध लागे, नलागेको बारेमा यो पंक्तिकारलाई केही कथाहा भएन ।

जे होस्, संयुक्त राष्ट्र संघ मातहत रहेको ‘विश्व पर्यटन संगठन (युएन डब्लुटिओ)’ ले त्यो वेला गरेको एक अध्यययनअनुसार कोरोना महामारीले विश्वव्यापी रुप लिएपछि विश्वका २१७ साना ठूला (अरुको अन्डरमा रहेका टापू देशसमेत) देशले यात्रा र घुमघाममा प्रतिवन्ध लगाएको थियो भने शत प्रतिशत पर्यटकीय गन्तव्यहरु बन्द भएका थिए । हुनत यस्तो खालको अति कडा प्रतिवन्धले कहिलेसम्म धान्न सकिन्थ्यो र ? त्यसैले विस्तारै विश्वका केही देशले कोरोना महामारी पैmलिएको देशको अवस्था हेरेर आप्mनो देशमा आउन चाहने विदेशी पर्यटकका लागि सातदेखि १४ दिनसम्म क्वारेन्टाईनमा बस्नुपर्ने नियम लागू गरे र पर्यटकीय गतिविधिहरु जारी राख्यो भने कुनैकुनै देशका नागरिकउनीहरु (उनीहरुको देशमा पैmलिएको कोरोना महामारीको अवस्था हेरेर) लाई निश्चित अवधिसम्म आप्mनो मुलुकमा प्रवेश गर्नै नपाउने गरी प्रतिवन्ध पनि लगाएका थिए । जे होस्, सन् २०२२ देखि विश्व पर्यटन क्षेत्रमा ‘अप-राईज’ सुरु भएको मान्न सकिन्छ । किनभने सन् २०२२ मा विश्वका विभिन्न देशका नौ सय मिलियन अर्थात् ९० करोड मानिसहरु पर्यटक भई विश्व भ्रमण गर्न निक्लेका थिए । यसरी हेर्दा सन् २०२२ देखि विश्व पर्यटन क्षेत्रमा ‘अप-राईज’ सुरु भएको फलस्वरुप सन् २०२३ मिलियन विभिन्न देशका मानिसहरु विशवका विविभिन्नि देशमा पर्यटक भई निक्ले अनुमान गरिउको छ ।

नेपालमा पनि पर्यटक आगमन दरमा राम्रो सुधार हुँदै गएको छ । जस्तै सन् २०१९ को पहिलो तीन महिनाको तुलना गर्दा सन् २०२३ तीन महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यामा ७८ प्रतिशतले सुधार आएको छ । जुन कुरोलाई हामीले सकारात्मक ढंगले लिनुपर्ने हुन्छ । साथसाथै अब हामीले सन् २०२३ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढाउने भन्ने सम्बन्धमा र उनीहरुको नेपाल बसाई अवधि अनि विदेशी पर्यटकहरु नेपाल बसाईको क्रममा उनीहरुले गर्ने दैनिक खर्चको सीमालाई पनि कसरी बढाउन सकिन्छ ? भन्ने ध्यान दिनुपर्ने देखिन्छ । स्मरणीय छ, सन् २०१९ मा (झण्डै १२ लाख) ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका भए तापनि उनीहरुको नेपाल बसाई अवधि अनि उनीहरुले गर्ने दैनिक खर्चको सीमामा भने खासै प्रगति भएको थिएन । जस्तो कि सन् २०१९ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रति व्यक्ति दैनिक ४८ अमेरिकी डलर मात्रै खर्च गरेका थिए भने प्रति दिन बसाई अवधि १२ दशमलब सात दिन रहेको थियो । त्यस्तै गरेर सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए भने, सन् २०२१ मा केवल एक लाख ३१ हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आए । सन् २०२२ मा चाहिँ छ लाख १४ हजार १४८ जना विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरे । यसरी हेर्दा नेपालमा मात्रै नभएर विश्वभरि नै लगभग साढे दुई तीन वर्षको निराशाजनक अवधिपछि विश्व पर्यटन जगतमा आशा जागेको/जगाएको छ । साढे दुई-तीन वर्षको निराशजनक अवधिको विश्व पर्यटन जगतले जसरी आशा जगाएको छ, फेरि निराशको वातावरण नबनोस्, भनी कामना गरौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार