नेपालमा जीवन बिमाः वाहनको गर्ने, आफ्नो नगर्ने ?

  निनाम लोवात्ती
0 Shares

निनाम लोवात्ती

नेपालमा जीवन बीमा लागू भएको लगभग ५६ वर्ष भएको छ । किनभने नेपालमा विसं २०२४ फागुनमा जीवन कीमा सुरु गर्ने गरी नीति बनाएको थियो । सो वर्ष १ करोड चुक्ता पुँजी संकलन गरेर कम्पनी ऐन अन्तर्गत दर्ता भई जीवन बीमा सुरु गर्यो नेपाल सरकारले । हुनत सुरुमा नेपाल सरकारले बीमा समिति गठन गरेको थियो । पछि अर्थात् विसं २०२९ देखि राष्ट्रिय बीमा समिति भन्न थालियो र, बजारमा कारोबार सुरु गर्यो ।

यसरी नेपालमा जीवन बीमा सुरु भएको समयावधी हेर्ने हो भने (५१ वर्षमा), नेपालमा ९८/९९ प्रतिशत जनताले जीवन बीमाबारे न्युनतम कुरोहरु बुभ्mनुपर्ने हो, उनीहरुमा सामान्य ज्ञान हुनुपर्ने हो, जीवन बीमाबारे धेरथोर शाक्षर हुनुपर्ने हो । तर, अभैm पनि लगभग (मेरो अनुमान मात्रै) ६९/७० देखि ७५/७६ प्रतिशत मानिसहरु जीवन बीमाबारे कुरो गर्यो कि ‘बौलाई हाल्लान् जस्तो गर्छन्, बौलाई नै नहाले तापनि जीवन बीमाबारे साह्रै नै नकारात्मक ढंगले कुरो राख्छन,् मन लाग्दी जवाफ दिन्छन्, टिप्पणी गर्छन् । जीवन बीमाको कुरो गर्यो कि ‘बौलाई हाल्लान् जस्तो गर्ने्, मन लाग्दी जवाफ दिने, टिप्पणी गर्ने्, नकारात्मक हुनेहरुलाई ‘तपाईँहरुले जीवन बीमाबारे किन र कसरी साह्रै नकारात्मक कुरो गर्नु भएको हो ? तपाईहरुले पहिले नै जीवन बीमा गरेर, मेच्योर्ड भएर बोनससहित आप्mनो पैसा फिर्ता पाएको हो ? अनि मेच्योर्ड भएर बोनससहित आप्mनो पैसा फिर्ता पाउँदा कम्पनीले तोकेअनुसार पैसा नपाएको हो ? कि अरुले नै भनेको सुनेर जीवन बीमाप्रति यत्ति नकारात्मक धारणा बनाउनु भएको हो ? भनी प्रश्न गर्दा ८५/८६ प्रतिशतदेखि ९०/९१ प्रतिशतले ‘मेरो साथीले भनेको, मेरो साथीको भाउजुले भनेको, मेरो माइजुको भाइले भनेको, मेरो बुहारीको आमाजुले भनेको…, मेरो…ले भनेको !’ भनी जवाफ दिने गर्छन् ।

अभिकर्ता मुख्य दोषी !

हो, नेपालमा जो वास्तविक रुपमा बीमित हुनुपर्ने, जीवन बीमा गर्नैपर्ने मानिसहरु छन्, ती मानिसहरु नै अनेक बहाना बनाएर जीवन बीमा गर्नबाट तर्किन चाहन्छन्, पन्छिन चाहन्छन् । उनीहरु नै जीवन बीमाबारे साह्रै नकारात्मक भएर बस्छन् । उनीहरुले आप्mनो भित्री मनदेखि नै बुझेदेखि त नेपालका बैंक, फाईनान्स, सहकारी, लघु वित्त लगायत अन्य वित्त कम्पनीहरुमा जस्तो एकैचोटि ढक्क (फिक्स्ड डिपोजित जस्तो) नराखेर उनीहरुले गर्ने कमाई र बचतको आधारमा थोरैथोरै रकम जम्मा गर्दै वार्षिक रुपमा तोकिएको ‘प्रिमियम’ तिर्दै जाने/गर्ने हो । साथै बीमितले लगातार रुपमा तिर्दै आएको वा गएको वार्षिक ‘प्रिमियम’को आधारमा १ वर्षको समयपछि वा ३ वर्षको समयावधि पछि (बीमा कम्पनीको पोलिसीअनुसार फरक पर्ने) बीमा गर्ने बीमितलाई अकस्मात आईपर्ने सानोतिनो आर्थिक संकटमा गर्जो टार्ने माध्यम पनि बन्न सक्छ । यसरी बीमितिले गर्ने आय आर्जनको आधारमा जीवन बीमा गर्दै जाँदा मुख्यतया बीमित व्यक्तिको जीवनमा अचानक भई परि आउने ‘रिस्क कभर’ पनि हुन्छ । किनभने, ‘मानिसको चोला आज हो कि भोलि, कतिखेर लाग्ने हो यमराजको गोली !’ कसलाई पो अग्रिम रुपमा थाहा हुन्छ र ?

तर, यहाँ त ९९ प्रतिशतभन्दा धेरै जसले आप्mनो सानातिना आवश्यक्तालाई टार्नका लागि थोरैथोरै वचत गरेर जीवन बीमा गर्नुपर्ने हुन्छ, ती मान्छेहरु जीवन बीमा भन्ने शब्द सुन्ने बित्तिकै अभिकर्तालाई कसरी टार्ने होला ? भनी शब्द-भण्डारको खोजीमा लाग्न थाल्छ । फलतः जीवन बीमाबारे वास्तविक कुरो नै नबुझी एकदमै नकारात्मक हुँदै ‘मेरो साथीले भनेको, मेरो साथीको भाउजुले भनेको, मेरो माइजुको भाइको भनेको, भाञ्जी-बुहारीको आमाजुले भनेको…, मेरो…ले भनेको !’ भनी यस्तो र उस्तो भनी अन्छसन्ट छ.टार्ने गरी जवाफ दिन काम लाग्ने हुन्छ । यस्ता मानिस नेपालमा कम्तिमा पनि ७०/७१ प्रतिशतदेखि लिएर ७८/७९ प्रतिशतसम्म हुन सक्ने देखिन्छ । माथि उल्लेखित तथ्यांक मेरो आप्mनो ‘रफ’ तथ्यांक मात्रै हो । ती मानिसहरु जो जीवन बीमाका बारे नकारात्मक छन्, उनीहरुले जीवन बीमाबारे कुरो सुन्नु, बुभ्mनुभन्दा पनि अरुको कुरो सुनेरै, वास्तविक कुरै नबुझी वा भनी प्रश्न गर्दा ८५/८६ प्रतिशतदेखि ९०/९१ प्रतिशतले ‘मेरो साथीले भ

को, मेरो साथीको दाजुले भनेको, मेरो माइजुको भाइले भनेको,…भनेको…, यस्तै, यस्तै जवाफ दिने गर्छन् ।

माथि नै धेरै चर्चा भई सकयो कि, नेपालीहरुले जीवन बीमाबारे आपैmले खासै केही बुझेकै छैनन् । त्यसैले उनीहरुलाई जीवन बीमा गराउनका लागि जीवन बीमा एजेन्टहरुले जीवन बीमाबारे धेरै कुरो बुझाउनुपर्ने अवस्था विद्यमान रहेको छ । कतिपय मानिसहरु त जीवन बीमाबारे बुझाउन खोज्दा बुभ्mनै चाहँदैनन्, धेरै मानिसहरु अभैm पनि जीवन बीमा के हो र किन गर्ने ? सुन्नै/बुभ्mनै चाहँदैनन् । त्यसो हुनुमा नेपालमा हालसम्म जीवन बीमाबारे सरकारी स्तरमा तल्लो तहदेखि पढाई नहुनु, जीवन बीमाको आवश्यक्ता र महत्वबारे सरकारी स्तरमा व्यापक प्रचार, प्रसार र लगानी नहुनु, पढालेखा र बुद्धीजीवी भनिएका कतिपय मानिसहरु नै पनि जीवन बीमाप्रति नकारात्मक हुनु, विभिन्न आर्थिक कारोबार हुने क्षेत्रमा लागेका व्यवसायीहरु जीवन बीमाप्रति नकारात्मक हुनु एक पाटोका रुपमा छँदैछ ।

नेपालमा जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएर अभिकर्ता बनेका/अभिकर्ताको लाईसेन्स लिएका अभिकर्ता (एजेन्ट) मध्ये धेरैले जीवन बीमाका प्रकार, जीवन बीमा फाइदाहरु, कुन उमेर समूहकाले कस्ता प्रकारका जीवन बीमा गर्ने (कस्तो बीमा पोलिसी खरिद गर्ने) भन्ने बताउनै नसक्नेहरु पनि छन् । खासमा धेरै जसो अभिकर्ताहरु अलि बुभ्mने खालका क्लाईन्टले जीवन बीमाबारे सामान्य प्रश्नहरु सोध्दा क्लाईन्टको सो प्रश्नको जवाफ पनि दिन नसक्नेहरु पनि जीवन बीमाका अभिकर्ता भएका भेटिन्छ । तयसरी अलि बुभ्mने खालका क्लाईन्टले जीवन बीमाबारे सामान्य प्रश्नहरु सोध्दा क्लाईन्टको प्रश्नको जवाफ दिन नसक्ने अभिकर्ताहरुको एक सुत्रीय उदेश्य हुन्छ कि, जसरी हुन्छ, क्लाईन्टलाई बीमा गराउने, कमिसन टप्काउने, ‘बादमे देखा जायेगा…!’ त्यसका लागि अभिकर्ताले आपूm कार्यरत कम्पनीको वार्षिक बोनस दर कति छ, कति अवधिको बीमा गर्दा कति बोनस प्राप्त हुन्छ, केही थाहा पत्तो हुँदैन ।

तर, १० वर्षमै दोब्बर हुन्छ, १२ वर्षमंै…हुन्छ, १४ वर्षमै…हुन्छ, १५ वर्षमै…हुन्छ भनेर भूmट बोलेर पनि बीमा गराउने अभिकर्ताहरु छन् । यसरी क्लाईन्टलाई ढाँटेर बीमा गराउने अभिकर्ताले आफन्त र नातागोताभन्दा बाहिर गएर बीमा गराउन सक्दैनन् । हुन पनि कुनै पनि जीवन बीमा कम्पनीले दोब्बर, तेब्बर वा चौबर बोनस दिनका लागि आप्mनो कम्पनीको वार्षिक बोनस दर कति छ ? त्यसमा भर पर्छ । जस्तै उदाहराका लागि कुनै पनि जीवन बीमा कम्पनीले वार्षिक ६९-७० देखि ७१-७२ प्रतिशत बोनस दिएमा बल्ल १५ वर्षमा डबल हुन्छ । जबकि अहिले बढी वार्षिक बोनस दिने जीवन बीमा कम्पनी भनिएका केही जीवन बीमा कम्पनीहरुको वार्षिक बोनस दर नै ५८, ५९, ६०, ६१, ६२, ६५, ६६ प्रतिशतसम्म रहेको देखिन्छ ।

खासमा जीवन बीमा भनेको तत्कालै आर्थिक फाईदा लिनका लागि नभएर मुख्यतया बीमित व्यक्तिको ‘रिस्क कभर’ पनि हुन्छ । किनभने, ‘मानिसको चोला आज हो कि भोलि, कतिखेर लाग्ने हो यमराजको गोली !’ कसलाई थाहा हुन्छ र ? बाँकी तपशीलका कुरोहरु पनि पूरा हुन्छ नै । भन्ने खालको जनचेतना मूलक सन्देश हरेक घरपरिवार र व्यक्तिमा नपुगेसम्म जीवन बीमा व्यापक रुपमा होला भन्ने आशा गर्न सकिन्न । त्यही माथि हाम्रो देशमा आपूm चढेको निश्चित मूल्यको गाडी, स्कुटी वा मोटर बाईको अनिवार्य बीमा गर्छन् । किनभने, त्यसरी अनिवार्य बीमा नगरी गाडी, स्कुटी वा मोटर बाईक दर्ता नै हुँदैन, नवीकरण नै हुँदैन । तर, त्यही मानिस जो निश्चित मूल्य तोकिएको गाडी, स्कुटी वा मोटर बाइकको अनिवार्य बीमा गरेर चढ्ने गर्छ, उसैले आप्mनो अमूल्य जीवनको भने बीमा गर्दैन् !?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार