ढाकाकुमार श्रेष्ठको सांसद पद गयो

  नयाँ बुलन्द
70 Shares

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको पार्टी सदस्यता खारेज गरेको छ ।यससँगै ढाकाले सांसद पद पनि गुमाएका छन् । उनको स्थानमा समानुपातिक सूचीबाट विन्ध्यवासिनी कंशाकारलाई निर्वाचित गराउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि रास्वपाले गरेको छ ।

सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए । कंसाकारलाई रास्वपाले २ महिनाअघि केन्द्रीय सदस्य मनोनित गरेको थियो ।

उनीमाथि १० वर्षअघि एसिड आक्रमण भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार