ठेकदारलाई चाँडो काम गर्न दवाद दिदैं माङसेबुङका नागरिक

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-१ का नागरिकहरुले आफ्नो क्षेत्रको सडक निर्माणको काम चाँडौ गर्न ठेकेदारलाई दवाव दिएका छन् ।

आफ्नो क्षेत्रमा पर्ने देउमाई-फाकफोक दोभान-नावालुङ-देउराली हुलाक सडक खण्डको काम चाँडो गराउन नागरिक दवाव समिति नै गठन गरी दवाव दिएका हुन् ।

राजनितिक दलका प्रतिनिधि, नागरिक समाज, बुद्धिजीविहरु सम्मिलित नागरिक समिति गठन गरी कामका लागि दवाव दिएका हुन् ।

ठेक्का पारेर पनि अझै काम सुरु नगरेको भन्दै दवाव समितिले वडा कार्यालयमार्फत ध्यानाकर्षण समेत गराएका छन् ।

दवाव समितिका संयोजक प्रकाश बुढाथोकीले ठेकेदारलाघ चाँडो गराउन दवाव दिन भन्दै वडाअध्यक्ष भूपाल योङहाङलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

सो सडक निर्माणका लागि कार्की कन्ट्रक्सन प्रालिले ठेक्का पारेको छ । तर, काम भने अझै सुरु गरेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार