इलाम : मंगलबारदेखि इलाम सदरमुकाममा मल्टिमिडिया पत्रकारिता तालिम संचालन हुने भएको छ ।
बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिले जिल्लामा पहिलो पटक चार दिवसीय मल्टिमिडिया पत्रकारिता तालिम संचालन गर्न लागेको हो ।
इलामबाट सञ्चालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको सातौं वार्षिक उत्सवको अवसरमा तालिम आयोजना गर्न लागिएको बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष एवम् नयाँ बुलन्दका सम्पादक राम योङहाङले बताए ।
तालिमको उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गर्नेद्छन् । तालिम १ वैसाखसमम् सञ्चालन हुनेछ ।
माङसेबुङ र फाकफोकथुम गाउँपालिकासँगको साझेदारिमा हुने तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २३ जना क्रियाशील पत्रकारहरुको सहभागिता रहनेछ ।
सहभागीलाई अनलाइन खबरका सम्पादक वसन्त बस्नेत र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिभिषण राईले सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिनेछन् ।
तालिममा पत्रकारलाई अनलाइन पत्रकारितासँगै मल्टिमिडिया तथा मोबाइलमा भिडियो रिपोर्ट तयार गर्ने कला सिकाईनेछ ।
पछिल्लो समय अनलाइन पत्रकारिताको विस्तारसँगै यसको गुणस्तर वृद्धिका लागि यस्तो तालिम सञ्चालन गर्न लागिएको सम्पादक योङहाङले बताए ।
तालिम सदरमुकामस्थि फ्रेण्ड्स होटल एण्ड लजको सभाहलमा संचालन हुनेछ ।
२०७४ वैशाखदेखि संचालित नयाँ बुलन्दले छोटो समयमा लोकप्रियता कायम गर्न सफल भएको छ । नेपाल सरकार सूचना तथा प्रशारण विभागमा दर्ता गरेर २०७४ वैशाखदेखि संचालित नयाँ बुलन्दले नागरिकलाई सूचना प्रदान गर्न पहरेदार बन्दै समाजमा व्याप्त भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना निरन्तर आम नागरिकसामू पुर्याउँदै आएको छ ।
नयाँ बुलन्द प्रेस काउन्सिल नेपाल र विज्ञापन बोर्डमा समेत सूचिकृत छ ।
नयाँ बुलन्दले युट्युब च्यानल नयाँ बुलन्द अनलाईन टिभी समेत संचालनमा ल्याएको छ ।