फाकफोकथुमका प्रमुख प्रशासकीय अधिकृत लिम्बू माङसेबुङमा सम्मानित

  नयाँ बुलन्द  594 पटक हेरिएको

इलाम : इलामको फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बू आफ्नो गाउँ माङसेबुङमा सम्मानित भएका छन् ।

माङसेबुङ गाउँपालिका १ निवासी प्रमुख प्रशासकीय अधिकृत लिम्बूलाई आइतबार माङसेबुङ गाउँपालिका १ नम्बर वडा कार्यालयले सम्मान गरेको हो ।

वडा कार्यालयमा आयोजित लोकसेवा तयारी कक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम समापनको अवसरमा लिम्बूलाई सम्मान गरेको हो ।

वडा अध्यक्ष भूपाल योङहाङले लिम्बूलाई वडाको तर्फबाट खादा र सम्मापत्र प्रदान गरी सम्मान गरेका हुन् । निजामति क्षेवामा प्रवेश गरी लिम्बूले आफ्नो वडाको गरिमा उच्च बनाउन योगदान गरेको भन्दै वडाले सम्मान वडाध्यक्ष योङहाङले बताए । उनले वडाको नमुना व्यक्तित्वका रुपमा लिम्बूलाई सम्मान गरिएको बताए ।

२०७४ सालमा खरिदार पदमा निजामति सेवा प्रवेश गरेका लिम्बू २०७६ मा नायब सुब्बा र २०७८ मा शाखा अधिकृत पदमा उत्तिर्ण भई फाकफोकथुम गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छन् ।

कार्यक्रममा वडा सदस्यहरु डिकमाया ल्वागुन, ठगबहादुर श्रेष्ठ, सिर्जना मगराती पत्रकार राम योङहाङलगायतको उपस्थिति थियो । कार्यक्रमको संचालन वड सचिव टिकामाया नेपालले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार