सन्दकपुर गोल्डकप : आयोजकलाई हराउँदै दमक सेमीफाइनल प्रवेश

  नयाँ बुलन्द
329 Shares

सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकास्थित देउरालीमा जारी तेश्रो सन्दकपुर गोल्डकपमा दमक फुटबल एकेडेमी सेमीफाइनल प्रवेश गरेको छ । घरेलु टिम देउराली स्र्पोटिङ क्लबलाई हराउँदै दमक सेमीफाइनल प्रवेश गरेको हो ।   प्रतियोगिताको उद्धघाटन खेलमा देउरालीलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले हराउँदै दमकले अन्तिम ४ मा स्थान बनाएको हो ।

निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१ औ मिनेटमा दमकले पेनाल्टीमा सुरुवाती अग्रता बनाउन सफल रहयो । दमक लागि रोशन तामाङले गोल गरे । ७६ औ मिनेटमा बिनोद धमलाले बराबरी गोल फर्काए ।

खेलको म्यान अफ दि म्याच दमकका समिर लिम्बु घोषित हुँदै नगद २ हजार प्राप्त गरे । प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा नवप्रयास युवा क्लब ताप्लेजुङ र विर्तामोड युनाइटेड झापा बिच प्रतिस्पर्धा हुनेछ ।

बैशाख १ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले विजेताले नगद १ लाख ५१ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ । उपविजेताले नगद ८१ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार प्राप्त गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार