इलाम : ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर इलाममा प्रभातफेरी कार्यक्रमको आयोेजना गरिएको छ ।
जिल्लाभरका सहकारी संस्थाहरुको उपस्थिति सहितको सहकारीकर्मीको ¥यालीले नगर परिक्रमा गर्दै सिटीहलमा गएर सभामा परिणत भएको थियो । सभामा जिल्ला सहकारी संघ इलामले विभिन्न सहकारी र ब्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमाहरुमा आदर्श बहुउद्देश्यीय सहकारी, प्रगति साकोस, साङरुम्बा कृषि सहकारी, इको चिया सहकारी, चुलाचुली साना किसान सहकारी, इलाम दुग्ध उत्पादक सहकारी लयायत छन् । यसैगरि सम्मानित हुने ब्यक्तित्वमा पत्रकार प्रकाश नेपाल कृष्णप्रसाद श्रेष्ठ र गोविन्दप्रसाद दहाल रहेका छन् । कार्यक्रममा सहकारीविज्ञ कमल श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा केन्द्रिय चिया सहकारी संघका महासचिव रविन राई, इलाम नपा वडा नं. ७ का अध्यक्ष नरेश श्रेष्ठ, आदर्श बहुउद्देश्यीय सहकारीका अध्यक्ष महेशकुमार श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक इलामका शाखा प्रमुख मनोज लामिछाने, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, इलाम नगरप्रमुख केदार थापा, तथा प्रमुख अतिथि माननीय संघीय सांसद महेश बस्नेत लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संघका अध्यक्ष लिलाप्रसाद थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।