बारा २ उपेन्द्रलाई नछोड्ने अडान लिँदै सरकारबाट बाहिरिए सीके राउत, उपप्रधानसहित शिक्षामन्त्री अस्वीकार

  नयाँ बुलन्द  194 पटक हेरिएको

काठमाडौं : मन्त्रालय भागवण्डामा असन्तुष्टि जनाउँदै जनमत पार्टी सत्ता गठबन्धनबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तनावमा परेका छन् ।

आफू सत्तामा टाँसिन भन्दा पनि काम गर्न आएको र काम गर्ने मन्त्रालय नपाएको भन्दै जनमत पार्टीले आफ्ना मन्त्री अब्दुल खानलाई खानेपानी तथा सरसफाइ मन्त्रालयबाट राजीनामा गराएको थियो ।

शुक्रबार मन्त्रिमण्डल विस्तार हुँदै गर्दा मन्त्री खानले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए । प्रधानमन्त्री प्रचण्डले जनमत अध्यक्ष सीके राउतलाई टेलिफोन गरी राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । उनले राउतलाई उपप्रधानमन्त्री सहित शिक्षा मन्त्री बन्न प्रस्ताव गरेका थिए । साथै बारा २ मा गठबन्धनले उपेन्द्र यादवलाई उम्मेदवार बनाउन लागेको र सहयोग गर्न पनि अनुरोध गरेका थिए ।

तर राउत प्रचण्डको प्रस्ताव अस्विकार गरे । प्रचण्डले उपप्रधानमन्त्री बनेर मधेश र देशको सेवा गर्न गरेको प्रस्तावमा राउतले आफू सत्ताको लालची नभएको, आफू उपप्रधानमन्त्री नभए पनि केही फरक नपर्ने बताएका थिए । बारा २ मा आफ्नो उम्मेदवार खडा हुने र उपेन्दर यादवलाई हराएर आउने राउतले जवाफ दिएका थिए । यसमा कुनै सम्झौता नहुने भन्दै मन्त्री खानको राजीनामा स्वीकृत गरेर पठाउन आग्रह गरेका थिए । त्यसपछि बाध्य भएर प्रचण्डले राजीनामा स्वीकृत गरेको जनमत पार्टीका एक नेताले बताए ।

यता प्रधानमन्त्री प्रचण्ड जनमतसँग मन्त्रालयकै विषयमा सम्बन्ध बिग्रिएको र भोलि उपेन्द्र यादव बारा २ बाट जितेर आई सत्ता पल्टाउन एमालेसँग मिल्दा आफू अफ्ठेरोमा पर्ने विषयले तनावमा परेका छन् । यो अवस्था के गर्ने अन्योलमा रहेको प्रधानमन्त्रीको सचिवालयका अधिकारी बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार