इलाम : इलामको माङसेबुङ गाउँपालिका १ नम्बर वडा कार्यालयले लोकसेवा तयारी कक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गर्ने भएको छ ।
वडाभित्रका युवाहरलाई निजामति सेवातर्फ लाग्न उत्प्रेरित गर्ने उदेश्यले वडा कार्यालयले वडा सिलिङ तर्फको बजेटबाट अभिमुखीकरण कार्यक्रम संचालन गर्न लागेको हो ।
वडाभित्र स्थायी बसोबास भएका युवाहरुलाई निजामति सेवामा लाग्न उत्प्रेरणा प्रदान गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको वडा अध्यक्ष भूपाल योङहाङले जानकारी दिए ।
कार्यक्रम आउँदो चैत २३ देखि २६ सम्म वडा कार्यालयको सभाहलमा संचालन हुनेछ । कार्यक्रमको संयोजन र सहजीकरण शेर्पा मल्टिट्रेनिङ सेन्टर इलामले गर्नेछ ।
कार्यक्रमका लागि वडा कार्यालयले माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० को स्वीकृत बजेट तथा कार्यक्रम अन्तरगत वडा सिलिङतर्फ ‘क्षमता विकास तालिम’ शिर्षकमा बजेट विनियोजन गरको गरेको थियो ।