इलाम : इलामको माङसेबुङ गाउँपालिका ३ नम्बर वडा कार्यालयले नि:शुल्क शिक्षक सेवा आयोग र कम्प्युटर तालिमको आधारभूत कक्षा संचालन गर्ने भएको छ ।
शिक्षक सेवा आयोले लिने परीक्षा र कम्प्युटरमा सक्षम बनाउने उदेश्यले वडा कार्यालयले वडा सिलिङ तर्फको बजेटबाट तयारी कक्षा संचालन गर्न लागेको हो ।
त्यसका लागि वडा कार्यालयले विहीबार एक सूचना प्रकाशित गरी इच्छुकहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
वडाभित्र स्थायी बसोबास भएका युवाहरुलाई शिक्षक सेवा आयोगले लिने आधारभूत तह (प्राथमिक) को आधारभूत परीक्षामा सक्षम बनाउन नि:शुल्क तयारी कक्षा सञ्चालन गर्न लागिएको वडा अध्यक्ष लक्षुमन राई ‘जनम’ जानकारी दिए ।
पछिल्लो पटक शिक्षक सेवा आयोगले लिएको परीक्षामा स्थायी नियुक्तिपत्र लिएर आउने नयाँ शिक्षकबाट विस्थापित हुने करारका शिक्षकलाई विशेष प्राथमिकता दिएने वडा अध्यक्ष राईले बताए ।
कक्षा दुई महिनासम्म संचालन हुनेछ ।
कार्यक्रमका लागि वडा कार्यालयले माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० को स्वीकृत बजेट तथा कार्यक्रम अन्तरगत वडा सिलिङतर्फ ‘रोजगार, सीप विकास तथा आत्मनिर्भर तालिम’ शिर्षकमा बजेट विनियोजन गरको गरेको थियो ।