इलाम : देशकै नमुना सुधारगृह मानिएको इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् ।
इलाम कारागारमा थुनुवाका रुपमा रहेका झापाको मेचीनगर नगरपालिका-३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन् ।
विहीबार साँझ अन्दाजी ५ बजेर ४० मिनेटमा कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको हो ।
गणनाका क्रममा उनी फेला नपरेपछि साँझ पौने ७ बजे नै सम्बन्धित कार्यालयमा जानकारी गराएको थियो । फरार थुनुवाको खोजतलास भईरहेको समाचार श्रोतले जानकारी दिएको छ ।
डाँका मुद्धाका उनी २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा कारागार चलान भएका थिए ।
इलाम कारागारमा यसअघि कारागारभित्रै मादकपदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भएपछि कारागार थप विवादित बन्दै गएको छ ।