‘कोशी’ नाम खारेजीको माग राख्दै इलामको माई र माङसेबुङमा तालाबन्दी

इलाम : ‘कोशी’ प्रदेश नामकरण गरिएको विरोधमा इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा तालाबन्दी गरिएको छ ।

‘कोशी’ नाम खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलकारीले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । ‘कोशी’ नाम खारेजी गरी पहिचानका आधारमा ‘लिम्बुवान किरात’ नामकरण गर्न मागसहित आन्दोलन घोषणा गरेको पुनः नामांकन संघर्ष समितिले यस प्रदेशमा चरणबद्व आन्दोलन गर्दै आएको छ ।

यसअघि संघर्ष समितिले इलामको माङसेबुङ गाउँपालिकाका केही वडाहरुमा तालाबन्दी गरेको थियो । पहिचान पक्षधरहरुले गत चैत्र १४ गते चुलाचुली गाउँपालिकामा समेत तालाबन्दी गरेका थिए । तालाबन्दी पूर्व  संघर्ष समितिले इलाम जिल्लाका विभिन्न स्थानीय तहमा पत्र लेख्दै चैत १४ देखि १७ गतेसम्म कार्यालय बन्द गर्न भनेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार