चुलाचुली गाउँपालिकामा तालाबन्दी

  नयाँ बुलन्द
854 Shares

इलाम  : इलामको चुलाचुली गाउँपालिकामा कालो झन्डा गाड्दै तालाबन्दी गरिएको छ । आइतबार प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले तालाबन्दी गरेको हो ।

आईतवार गाउँ पालिकाको कार्यलयमा कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलन गरिरहेको समितिले कालो झन्डा गाड्ने र कोशी प्रदेश लेखिएको कागजातहरु कार्यलयको प्राङ्गणमा जलाएर नष्ट पारेका छन् । उनीहरुले कार्यालयको बोर्डमा कोशी प्रदेश मेटाएका छन् ।

यसैगरी आन्दोलनकारीहरुले कोशी प्रदेशका प्रस्तापक रामबहादुर.रानाको पुत्ला दहन र तस्बिरमा थुकेका थिए भने विदुर लिङ्थेप लिम्बूको तस्वीरलाई श्राप दिने, थुक्ने जस्ता कार्यक्रम सहित गाउँ गाउमा राजनीतिक बहिष्कार गर्ने उद्घघोघ गर्दै चुलाचुली आइतबारे चोकमा कोणसभासंगै चर्को रुपमा नारावाजी गरेका थिए ।

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ, किरात लिम्बुवान नामाकरण अभियानका संयोजक प्रेमदिप थाम्सुहाङ, जसपा झापा अध्यक्ष दिपेन वाला राई लगायत नेताहरुले वीर सहिद पदम लिम्बू लाजेहाङलाई राष्ट्रिय सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । यसैगरी पहिचानको आन्दोलन जारी रहने भन्दै जबसम्म कोशी प्रदेश खारेज हुँदैन तबसम्म लड्न सबैमा आव्हान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार