विराटनगर : विराट गोल्डकप फुटबलमा जावलाखेल युथ क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा ६–५ गोल अन्तरले पराजित गर्दै जवालाखेलले अन्तिम चारमा स्थान पक्का गरेको हो । विराटनगरको शहीद रंगशालामा निर्धारित समयमा दुवै टिमबाट गोलको खडेरी नतोडिए पछि अतिरिक्त समय हुँदै खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा पनि दुवै टिमबाट ५–५ गोल भएपछि खेल सडनडेथमा पुगेको थियो ।
जसमा आर्मीका शेषेहाङ आङदम्बेले गरेको प्रहार पोष्टमाथि बाट गएको थियो । सोही प्रहार गोलमा परिणत नभएपछि आर्मी प्रतियोगिबाट बाहिरिँदा जावलाखेलका लागि निर्णायक गोल भने विशाल तामाङले गरेका थिए । आर्मीका लागि टंक बस्नेत, टेकबहादुर बुढाथोकी, जिलेस्पीजंग कार्की, शिशिर केसी र विकेश कुथुले सहजै गोल गरेका थिए ।
जावलाखेलका लागि सिमान्त थापा, फोडे फोफाना, राहुल, छिरिङ लामा र समिराज थोकरले गोल गरेपछि ५–५ गोल भएको थियो । सडन डेथमा आर्मीका शेशेहाङले गरेको प्रहार खेर जाँदा जावलखोलका लागि विशाल तामाङले निर्णायक गोल गरेका थिए ।
पहिलो र दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक रहेको थियो । जावलाखेलले सुरुदेखि नै आर्मीमाथि दबबा बनाए पनि आर्मीले पनि निकै होसियारीपूर्वक खेल्दै हरेक रणनीति विफल पारेको थियो । आठौं मिनेटमा जवलाफेलले डी बक्स बाहिरको प्रहार असफल भएको थियो भने आर्मीका सुदीन राईले १२ औं मिनेटमा गरेको फ्रिकीक पनि सफल भएन । १५ औं मिनेटमा जावलाखेलको प्रहार बिफल भयो । २६ औं मनेटमा जिलेस्पीजंग कार्कीले गरेको प्रहार पोष्टमाथिबाट आउट भयो ।
३९औं मिनेटमा जवलाखेलका हिसुब थपलियाले प्रहार गरेको कर्नरलाई सदुपयोग गर्ने अवसर गुमाएका थिए ।
पहिलो हाफमा आर्मीले एक र जावलाखेलले दुई कर्नर प्राप्त गरेका थिए । दोस्रो हाफमा दुवै टिमले पाएका मौका सदुपयोग गर्न नसक्दा खेल अतिरिक्त समयमा गएको थियो ।
१७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले २० लाख यसवर्षको उपाधि विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।
यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया प्रदान गरिने छ ।